‘पशुपतिनाथ दर्शनको लागि नेपाल आउने गरेको छु’ गोविन्दा

जयहोस् । बलिउड अभिनेता गोविन्दा नेपाल आउनेक्रम अलि बढ्दो नै छ । किनकी उनको नातेदार पनि यतै छन् , साथै उनि धर्मकर्ममा विश्वास गर्छन । ‘म नेपाल प्राय पशुपतिनाथ दर्शनको लागि आउने गर्छु , त्यहि मेसोमा श्रीमती सुनिताको परिवारसँग पनि भेटघाट गर्नेगरेको छु’ पछिल्लो समय अवार्ड समरोहमा सहभागी हुन् आइपुगेका गोविन्दाले भने ‘फिल्म शुटिङकै लागि पनि आएको छु ।’ बलिउडमा कुनै बेला कमेडी , रोमान्टिक हिरोको छवि बनाएका गोविन्दा पछिल्लो समय भने आफ्नो सन्तानलाई स्थापित गर्ने दौडमा छन् । उनको स्टारडम घट्दै गएपछि उनले राजनीति समेत अंगालेका थिए । पछिल्लो भ्रमणमा छोरी टिनाको साथ् नेपाल आएका उनि पशुपतिनाथ दर्शन सहित केहि भेटघाटमा व्यस्त हुनेछन ।
कमेन्ट गर्नुहोस्