‘घर’ को सिक्वेल बन्छ त ?

फिल्म । अर्पण थापा निर्देशित दोस्रो फिल्म ‘घर’ आजबाट प्रदर्शन भएको छ । बिहानै पनि दर्शकको उपस्थिति राम्रो देखिएको निर्माण कम्पनि डिएस डिजिटलका दिपेन्द्र के खनालले बताए । विहान आयोजित प्रेस शोमा फिल्म हेरेका दिपेन्द्रले विहानी व्यापारले उत्साहित बनाएको बताए । ‘विहान सबै तिर दर्शक हुनहुन्छ’ उनले भने ‘हाउसफुल नभए पनि माउथ पब्लिसिटीले दर्शकलाई तान्न सक्छ ।’ विहानी शोमा पत्रकारसंगै बसेर फिल्म हेरेका उनले दर्शकले फिल्म हेर्दै गर्दा डराउने बताए । ‘आयोजित शोमा मैले दर्शक तर्सेको पाए’ उनले भने ।

नेपालमा विरलै हरर जनरामा फिल्म बन्ने गर्दछन् । यसैले गर्दा पनि नेपाली हरर फिल्म हेर्न चाहने दर्शकको लागि यो रोजाइ बन्न सक्छ । अभिनेता टर्न निर्देशक अर्पण थापालाई भने हरर जनरा नै प्रिय छ । गत वर्ष उनले हरर फिल्म ‘सुनेकसरी’ को क्याप्टेनसिप सम्हालेका थिए । भने , दोस्रो पटक हरर फिल्म ‘घर’ लिएर आएका छन् । शर्मिला पाण्डे निर्मित फिल्ममा अर्पणसँगै अभिनेत्री द्वय सुरक्षा पन्त र बेनिशा हमाल केन्द्रिय भूमिकामा छन् । निर्मात्री पाण्डेले फिल्मले सजिलै लगानी उठाउने र ‘घर’ को आठ वटासम्म सिक्वेल बनाउने लक्ष्य रहेको बताएकी छन् ।

फिल्म हेर्ने पत्रकारबाट पाएको सकारात्मक प्रतिक्रियाले हौसिएका निर्देशक तथा कलाकार अर्पणले शुक्रबार र शनिबारको व्यापारले ‘घर’ को सिक्वेल बन्ने वा नबन्ने निर्धारण गर्ने बताए । किनकी फिल्मलाई सिक्वेल बनाउने ठाउँ सहित अन्त्य गरिएको छ । फिल्ममा अर्पण र सुरक्षा श्रीमान्-श्रीमतीको भूमिकामा छन् । बेनिशाले सुरक्षाको बहिनीको भूमिका निभाएकी छन् । वर्षौदेखि भाडाको कोठामा बस्दै आएका अर्पण र सुरक्षा काठमाडौंमा सस्तोमा घर भेटिएपछि किन्छन् । नयाँ घरमा सरेपछि आत्माले उनीहरुलाई कसरी दुःख दिन्छ भन्ने कथामा फिल्म आधारित छ । निर्देशक थापा ‘सुनेकसरी’ मा भएका कमी-कमजोेरी ‘घर’ मा सुधार्ने प्रयास गरेको बताए ।

कमेन्ट गर्नुहोस्