फिल्म । तेलुगु सुपरस्टार चिरञ्जिवी स्टारर एक्सनमय पिरियोडिक ड्रामा फिल्म ‘साइरा नरसिम्हा रेड्डी’को ट्रेलर सार्वजनिक गरिएको छ । तेलेगुसँगै तमिल, हिन्दी, कन्नड र मल्यालम भाषामा पनि रिलिज हुने फिल्मलाई दर्शकले अक्टुबर २ मा हेर्न पाउनेछन् । करिव २७० करोड भारूको बजेटको तयारमा भएको फिल्मको ट्रेलरले हाइप बढाउँन सफल भएको छ ।
चिरञ्जिबीका छोरा राम चरणले निर्माण गरेको फिल्म उइलावाडा नरसिम्हा रेड्डीको जीवनीमा आधारित छ । यसमा चिरन्जीवीसँगै बलिउड मेगास्टार अमिताभ बच्चन , खिचा सुदीप, विजय सेतुपति, जगपति बाबु, रवि किसन, नयनतारा, तमन्ना, निहारिकाजस्ता स्टार कलाकारको अभिनय छ । फिल्मलाई सुरेन्दर रेड्डीले निर्देशन गरेका हुन् ।
कमेन्ट गर्नुहोस्












