फिल्म । सार्वजनिक गीत माया संसार र ट्रेलरका कारण दर्शक माँझ नोटिस भईरहेको फिल्म ‘कागजपत्र’ ले आफ्नो पब्लिसिटीलाई अगाडी बढाउने क्रममा विभिन्न मलमा पुग्दै दर्शकसँग अन्तरक्रिया गरिरहेको छ । काठमाडौ, ललितपुर, भक्तपुरमा सञ्चालनमा रहेका ठुला सपिङ मलमा प्रचार गरिने निर्देशक अपिल बिष्टले बताए । गत सोमबार अर्थात् महाशिवरात्रीको दिन काठमाडौंको सिटी सेन्टरबाट सुरु गरेको प्रचार प्रसार कार्यक्रमको निरन्तरता रुवरुप शनिबार काठमाडौंको चुच्चेपाटी स्थित क.एल. टावरमा पनि गरिएको छ । अब हरेक शनिबार बिदाको दिन राजधानीमा सञ्चालित विभिन्न सपिङ मलमा फिल्मको प्रचार गरिने र अन्य थुप्रै कार्यक्रमहरु पनि सार्वजनिक गरिने निर्देशक विष्टले जनाए ।
‘फिल्मको प्रचारलाई दर्शकसँगै पुर्याईरहेका छौ’ अपिल भन्छन्’ फिल्मले कागजी विवाह गरेर विदेश पुग्नेको यथार्थ कथा भन्छ ।’ उनले फिल्ममा संदेशलाई फिल्मी शैलीमा प्रवाह गरिएको बताए । फिल्ममा नाजिर हुसेन, शिल्पा मास्के, भोलाराज सापकोटा, सरिता गिरी, लोकेन्द्र लेखक, लक्ष्मी वर्देवा, जीवन भट्टराई, आरजेस रेग्मीलगायतका कलाकारको मुख्य भूमिका रहेको छ । इपी एजुकेशन अष्ट्रेलियाको प्रस्तुतकर्ता रहेको फिल्म वल्र्डवाइड फिल्मस् र अस सिनेमाको संयुक्त व्यानरमा निर्माण भएको हो । खिलेन्द्र तिम्सिना, मुकेश रेग्मी र प्रजापती सिवाकोटीको लगानी रहेको यसमा किरण न्यौपाने र सरस्वती श्रेष्ठ सह निर्माताको रुपमा रहेका छन् । फिल्मलाई क्यासमिर डिक्शनले खिचेका हुन् भने निमेष श्रेष्ठले सम्पादन गरिरहेका छन् ।