अनुपको ‘कप्स’ चैतमा

फिल्म । अभिनेता अनुपविक्रम शाहीको प्रमुख भूमिका रहेको फिल्म ‘कप्स’ चैत ८ गतेबाट देशभर प्रदर्शनमा आउने प्रस्तुतकर्तामा राम शाक्यले जानकारी दिएका छन् । सम्राट सापकोटाको निर्देशन रहेको यो फिल्ममा अनुपले डीएसपी अमन सिंहको भूमिका निभाएका छन् । प्रायः हिरोसँग बदला लिने चरित्रमा मात्र प्रस्तुत हुँदै आएका उनले यसमा एक सच्चा प्रहरी अधिकृतको भूमिका निभाएको बताए । ‘कप्स’ बाट सन्दिपा लिम्बुले नेपाली रजतपटमा पाइला राख्दैछिन् ।

अमित गिरी, रामराज क्षेत्री, पुरन जोशी, नन्दु श्रीवास्तब, सुन्दर श्रेष्ठ, बब्लु विक्रम थापा, अनुपमा भण्डारी, रोशन सुवेदीलगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय छ । ‘आर्या मुभिज’ र ‘सारा श्री मुभिज’ को निर्माणमा बनेको फिल्ममा सुशान्त प्रजापतिको छायांकन र अष्ट महर्जनको द्वन्द्व छ । एक्सन र लभस्टोरी जनरामा बनेको फिल्ममा कविराज गहतराज र शिशिर खातीको नृत्य र विजय घिमिरे र स्वयम्भुराज शाक्यको संगीत छ । पोलिटिक्स, प्रहरी र जनताको कथा बोल्ने फिल्मको एउटा गीतको छायांकन टर्कीमा गरिएको छ ।

कमेन्ट गर्नुहोस्