फिल्म । बलिउडमा पछिल्लो समय चर्चामा छिन् , श्रद्धा कपूर । एकपछि अर्को फिल्ममा देखिरहेकी श्रद्धाको समय बलिउडमा अहिले निकै राम्रो छ । बाहुबली स्टार प्रभाससँग पछिल्लो फिल्म ‘साहो’ मा समेत देखिएर निकै चर्चामा आएकी श्रद्धा पछिल्लो समय ‘बागी ३’ मा देखिएकी थिइन् । यस वर्ष मात्र उनको स्ट्रिट डान्सर र बागी ३ आइसकेको छ भने केहि फिल्म ‘पाइपलाइन’ मा छ ।
यिनै श्रद्धा वायोपिकमा देखिने तयारीमा छिन् । उनले सायना नेहवालको जीवनीमा बन्ने फिल्ममा काम गर्ने तयारी थालेकी हुन् । लकडाउनले उनलाई क्यारेक्टर सम्झिन झनै सघाउ पुर्याएको छ । यद्दपी श्रद्धाले यसको घोषणा भने गरेकी छैनन् । पछिल्लो समय बलिउडमा वायोपिकको लहर नै छ । साथै , दर्शकले पनि रुचाइरहेका छन् । (एजेन्सी)
कमेन्ट गर्नुहोस्










