फिल्म । ‘बाहुबली’ जस्तो सुपरहिट फिल्ममा शिर्ष भूमिका सुपरस्टार प्रभासबाट दर्शकहरूको अपेक्षा बढ्दो छ । किनकी ‘बाहुबली’ सिरिज मार्फत उनले एक किसिमको फ्यान फ्लोअर्स बनाइसकेका छन् । पछिल्लो फिल्म ‘साहो’ मार्फत क्रेज प्रस्ट्याई सकेका प्रभास आउँदो फिल्ममा सुपरहिरो रोलमा देखिने चर्चा छ । साथै, यो फिल्ममा उनको अपोजिटमा बलिउडकी चर्चित अभिनेत्री दीपिका पादुकोण देखिने प्रवल सम्भावना छ ।
केहि समययता प्रभाससंग दीपिकाको जोडी बढिने चर्चा बढ्दो छ । यसैको बीचमा आएको यो खबरले उनको फ्यानलाई खुसि बनाएको छ । फिल्ममा प्रभास अनुबन्ध भइसकेको चर्चा पनि छ । यद्दपी यसको आधिकारिक घोषणा भने भएको छैन । तर, फिल्मको निर्माण कम्पनी व्यजयन्ती मूभिजले ट्वीटमा नाग अश्विनको निर्देशनमा प्रभासलाई फिल्मको पर्दामा ल्याउनु गर्वको कुरा रहेको उल्लेख गरेको छ । प्रभासको इमेज अनुरूप निर्देशक नाग अश्विन कमर्शियल कहानी तयार गर्न लागिपरेका छन् ।
Shoot year end lo start…maybe 2021 end lo release…too early to say anything else, expect a big thanks to prabhas garu…kontha mandi pan-india film antunnaru…adi tappu…pan-india eppudo kottesaaru…idi pan-world darlings :)) #PrabhasNagAshwin https://t.co/9KnLQqbVgm
— Nag Ashwin (@nagashwin7) February 26, 2020