वैशाख १३ मा ‘कालो बर्ष’

फिल्म । आउँदो वर्षको वैशाख १३ मा फिल्म ‘ब्ल्याक इयर’ रिलिज हुने भएको छ । निर्माण पक्षले फस्टलुक सर्वाजनिक गर्दै फिल्म रिलिज हुने जानकारी गराएका छन् । लक्षु गौतमको निर्देशनमा तयार भएको फिल्मको नेपाली नाम भने ‘कालो बर्ष’ रहेको छ । फिल्ममा ओकेश पनेरु , अनुपा खड्का , सुरेन्द्र बुढा , रबिन भुजेल , रश्मी शाह , प्रणव भट्टराई लगायतको अभिनय रहेको छ । ओकेशकै कथा रहेको फिल्मलाई योगेन्द्र प्रसाद पनेरुले निर्माण गरेका हुन् भने उनलाई सह निर्माताको रुपमा राम खड्काले साथ् दिएका छन् । यस मितिमा अघिल्लो वर्षमा भने धेरै नै फिल्महरु प्रदर्शनमा आउने गर्थे तर यसपटक भने ‘छक्का पञ्जा २ ‘ रि- रिलिज हुदैछ । हलिउड फिल्म ‘एभेन्जर्स : इन्डगेम’ प्रदर्शनमा आउने भएपछी कुनै पनि फिल्मले वैशाख १३ लाई रिलिज देत तोक्न सकेका थिएनन् ।

कमेन्ट गर्नुहोस्