फिल्म । बलिउडका मिस्टर पर्फेक्निस्ट आमिर खान नयाँ फिल्मको तयारीमा जुटेका छन् । पछिल्लो रिलिज फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ मार्फत दर्शक र समिक्षकको नकारात्मक टिप्पणी पाएका आमिर केहि समय अध्यनमा व्यस्त थिए । केहि समयको विश्रामपछी उनि नयाँ फिल्मको तयारीमा जुटेका हुन् । उनले हलिउड फिल्म ‘फरेस्ट गम्प’ रिमेक गर्ने सोच बनाएका छन् ।
एकेडेमी अवार्ड सहित दर्शकको मनमा समेत बस्न सफल फिल्मको रिमेक ‘लाल सिंह चड्डा’ मा आमिर सेन्ट्रल क्यारेक्टरमा छन् । टम ह्यांक्सको क्यारेक्टरलाई आमिरले पर्दामा उतार्नेछन् । आमिरको यो फिल्म आउँदो नोभेम्बर फस्टबाट सुरु हुनेछ । फिल्मलाई इन्डियाको विभिन्न १०० लोकेशनमा खिचिनेछ । फिल्ममा आमिरको बाल्यकाल देखि बृद्ध अवस्थासम्मको यात्रालाई देखाइने छ । यसैले गर्दा पनि आमिर र उनको टिम लुक्स सहितको विशेष तयारीमा जुटेका छन् ।
आमिरले अब आफुलाई केहि फरक अवतारमा प्रस्तुत गर्ने सोच बनाएर अगाडी बढिरहेका छन् । फिल्ममा आमिरको जोडी बन्नेछिन् , करीना कपूर खान । आमिर र करीनाले यसअघि थ्री इडियट र तलाशमा सँगै काम गरिसकेका छन् । यसपटक तेस्रो सहकार्य हो , जसलाई दर्शकए आउँदो वर्षको क्रिसमसमा हेर्न पाउनेछन् । अर्थात सन् २०१९ मा आमिरको फिल्म आउनेछैन् । फिल्मलाई अद्वैत चन्दनले निर्देशन गर्नेछन् । (एजेन्सी)










