मङ्सिर २३ मा ‘द सोल अफ कमान्डो’

फिल्म । २४ वर्षपछि चलचित्र ‘सोल अफ द कमान्डो’ बाट फेरि राजकुमार राईको अभिनय क्षेत्रमा पुनरागमन भएको छ । उनले सन् १९९८ मा यहिँ नामको चलचित्र ‘कमाण्डो’ मा मुख्य भुमिकाको रुपमा काम गरेका थिए । मङ्सिर २३ गतेबाट प्रदर्शनमा आउने ‘सोल अफ द कमान्डो’ मा शिशिर वाङ्ग्देल, नरेन खड्का,शेषुका राई, मिलन राई, रवि थापा, रुपेश झा, पुष्प श्रेष्ठ, सीमा राई, नरेन्द्र लिम्बु, पूर्ण लिम्बु, सुष्मिता लिम्बुको अभिनय रहेको छ ।

सन् १९८६ मा दक्षिण कोरियामा सम्पन्न दशौँ एशियन खेलकुदमा तेक्वान्दो खेलमा कास्य पदक तथा सन् १९९९ मा नेपालमा भएको आठौँ दक्षिण एशियाली खेलकुदमा स्वर्ण पदक प्राप्त गर्न सफल अन्तरराष्ट्रिय क्षेत्रमा नेपालको नाम उच्च राख्न सफल तेक्वान्दो खेलाडी रहेका राईले नेपाली चलचित्र क्षेत्रमा पनि बिशेष योगदान पुर्याएका छन्। चलचित्र निर्देशन युवराज (वीरबहादुर) राईले गरेका हुन् । सिलिचुङ फिल्म प्राइभेट लिमिटेडले निर्माण गरेको चलचित्रको निर्मातामा मिलन राई, रवि थापा र धन लिम्बू रहेका छन् ।चलचित्रमा छायांकन दिर्घ गुरुङको, द्वन्द्व निर्देशन एनबी महर्जनको रहेको छ । प्रोडक्सन मेनेजर विमल धमला र सीमा राईले गरेका हुन् ।

Paid Promotion
कमेन्ट गर्नुहोस्