वैशाख २६ मा ‘हिरो रिटर्न्स’

फिल्म । आउँदो वैशाख २६ गतेलाई रिलिज डेट तय गर्दै फिल्म ‘हिरो रिटर्न्स’ को ट्रेलर सार्वजनिक भएको छ । अभिनेता सविन श्रेष्ठ र अभिनेत्री रेखा थापा स्टारर फिल्म निर्माणको तीन वर्षपछि प्रदर्शनमा आउन लागेको हो । यी दुईको प्रेममा आउने उतार-चढावमा फिल्म केन्द्रित रहेको सार्वजनिक ट्रेलरले प्रस्ट्याउँछ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

फिल्ममा अभिनेता सरोज खनाल खलपात्रको भूमिकामा छन् । मदन कस्यप घिमिरेको छायांकन रहेको फिल्ममा दिल श्रेष्ठको पनि प्रमुख भूमिका छ । ‘हिरो रिटर्न्स’ मा प्रस्तुतकर्ता रहेका सविनले फिल्म प्रदर्शनमा आउन ढिलाइ भए पनि प्रतिक्षाको फल मिठो हुने बताए । फिल्ममा सुलेमान शंकर (इकु), सुरेश थापा (दर्शने), रोशन श्रेष्ठ, डिबी बम्जम, सुशान्त श्रेष्ठलगायतको पनि अभिनय छ । चन्द्र गौतम कार्यकारी निर्माता रहेको फिल्ममा भीम न्यौपाने र चन्द्र न्यापाने निर्मातामा छन् ।

कमेन्ट गर्नुहोस्