दुई गीत बाँकी राख्दै लभ स्टेसनको ‘इन्ड क्लाप’

फिल्म । छायाँकनरत फिल्म ‘लभ स्टेसन’ को छायाँकन सकिएको छ । प्रदीप खड्का र जसिता गुरुङको जोडी अभिनित फिल्मको बुधबार बेलुका ललितपुरको गोदावरी रिसोर्टमा ‘इन्ड क्लाप’ गरिएको छ । फिल्मको दुई गीत बाकि राख्दै निर्माण पक्षले ‘इन्ड क्लाप’ गरेको हो । बाँकी दुई गीत मध्य हिउँ राम्ररी परेपछि एउटा गीतको मनाङमा र अर्को गीतका आगामी अँग्रेजी नयाँवर्षको छेका पारेर जापानमा छायाँकन गरिने निर्देशक उज्वल घिमिरेले बताएका छन् ।

प्रेमकथामा तयार फिल्मको छायाँकन दर्जिलिङ, कलिङपोङ, मिरिक, फिक्कल, कन्याम, इलाम, श्रीअन्तु हुँदै काठमाडौं उपत्यकामा गरिएको थियो । यसमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको मुख्य भूमिका छ । यसलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ ।

कमेन्ट गर्नुहोस्