आर्यनको जोडी उपासना

0 Shares

फिल्म । रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा नयाँ फिल्म ‘डिसेम्बर फल्स’ मा अभिनेत्रीको रुपमा उपासना सिंह ठकुरी तय भएकी छिन् । सस्पेन्स लभस्टोरी जनरमा बन्ने फिल्ममा आर्यन सिग्देल अभिनेताको रुपमा छन् । केहि दिन अगाडी राजधानीमा कार्यक्रम गर्दै निर्माण पक्षले टिमलाई परिचय गराए पनि अभिनेत्रीको बारेमा भने बताएको थिएन ।

फिल्ममा उमेरअन्तर देखाईने भएकोले आर्यनका लागि २० देखि २५ वर्ष झैँ देखिने को-स्टारको खोजीमा रहेको निर्माण पक्षले उपासनासँग सम्झौता गरेको हो ।फिल्ममा सलोन बस्नेत,सुमन थापा,नागेन्द्र रिजाल,दयाराम दाहाल, नरेश भट्टराईको पनि अभिनय रहनेछ । निर्माण पक्षले फिल्मकै लागि साम्राज्ञी राज्यलक्ष्मी शाह र सुहाना थापासँग पनि कुराकानी गरेको थियो । यद्दपी पर्दामा भने अब आर्यनको को-स्टारको रुपमा उपासना देखिनेछिन् ।

राम प्रसाद रिजालको प्रस्तुति रहने फिल्ममा लक्ष्मण रिजाल कार्यकारी निर्माता रहेका छन् । यसलाई भारतीय टेलिभिजन तथा फिल्म उद्योगमा कार्यरत प्रवीण झाले निर्देशन गर्नेछन् । त्यसैगरी ‘डिसेम्बर फल्स’ को छायांकन पनि भारतीय फिल्म उद्योगमा ब्यस्त रहेका छायांकार रबि नायडुले गर्नेछन् ।

‘डिसेम्बर फल्स’ को कथा बिपीका खनालले लेखेकी हुन् । बिपीका पेशाले नर्स हुन् । फिल्मको पटकथा र सम्वाद भने केदार भुसालले तयार पारेका हुन् । माघ ४ गतेदेखि सुटिङ थालिने फिल्मको निर्मातामा राजकुमार भट्ट छन् । फिल्मका गीतमा दीपक शर्मा र कोसिस क्षेत्रीको संगीत रहेको छ । फिल्म काठमाडौ र पोखरामा खिचीने बताइएको छ । रिजाल एण्ड रिजाल प्रोडक्सनले यसअघि वान डे, कसम, धुँवा यो नशा, कायरालगायतका फिल्म निर्माण गरिसकेको छ ।

कमेन्ट गर्नुहोस्