सेलेब्स रिभ्यु : ‘घामड शेरे’ दर्शकले रुचाउने फिल्म

15 Shares

फिल्म । रिलिजको पुर्व सन्ध्यामा फिल्म ‘घामड शेरे’ को प्रिमियर गरिएको छ । भक्तपुरको भाट-भटेनीमा नयाँ खुलेको क्युएफएक्स मल्टीप्लेक्समा पहिलो फिल्म स्वरुप ‘घामड शेरे’ प्रिमियर गरिएको हो । आशा गरिएको फिल्मलाई हेर्न चर्चित सेलेब्स उपस्थित भएका थिए । हेमराज बिसी निर्देशित फिल्म हेरेपछि अधिकांसले तारिफ गरे । कथावस्तु, प्रस्तुति, अभिनय, छायाँकन र साउण्डको विधामा अब्बल पाएइको उपस्थित पाहुनाहरुले प्रतिक्रिया दिए ।

एक शेरे पात्रको जीवनमा आउने उतारचढाव बोकेको फिल्ममा निश्चल बस्नेतले शिर्ष भूमिका निर्वाह गरेका छन् । उक्त पात्रको घामड व्यवहारले कहाँसम्मको परिस्थिति निम्त्याउछ, निर्देशकले कलात्मक रुपमा प्रस्तुत गरेका छन् । फिल्म हेर्न पुगेका केदार घिमिरे ‘माग्ने बुढा’ , निर्देशक अशोक शर्मा , प्रदीप भट्टराई , दीपेन्द्र लामा , कलाकारहरु संयम पुरी , गौरव पहारी लगायतले फिल्मले दर्शकको समय र पैसाको सदुपयोग गर्नेमा जोड दिए ।

नेपालको प्रशासनिक व्यवस्था, साली-भेनाको सम्बन्ध, वैदेशिक रोजगारले निम्त्याएको परिस्थितिलाई पनि यसले बुनेको छ । यसमा निश्चलसँगै स्वस्तिमा खड्का, सुष्मा निरौला, बादल भट्ट, लोकेन्द्र लेखक, रोय, सरोज अर्याललगायतका कलाकारको मुख्य भूमिका छ । भने, अभिनेत्री गौरी मल्ललाई अतिथि कलाकारको रुपमा भित्र्याइएको छ । बिसी मोसन पिक्चर्सको व्यानरमा निर्मित फिल्ममा कथा र लेखनसमेत स्वयम् निर्देशक बिसीको हो । यसमा कालीप्रसाद बाँस्कोटाको संगीत, नरेन्द्र मैनालीको डिओपी र सुरेन्द्र पौडेलको सम्पादन छ । नरेन्द्रविक्रम बुढा क्षेत्री कार्यकारी निर्माता रहेको फिल्ममा निर्देशक बिसी र सिमोश सुनुवारको लगानी छ ।

तस्वीरहरु : आर्यन बिमली

तपाईको प्रतिक्रिया