फिल्म । पछिल्लो समय कलाकारहरू दर्शक भेट्न हल पुग्ने की नपुग्ने भन्ने विषयले निकै चर्चा पाइरहेको छ । केही कलाकारले यसलाई ठिक भनेका छन् भने केहीले परिमार्जित गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । यसैक्रममा कलाकार हल हल पुग्दा स्टारडम कम भएको होकी भन्ने प्रश्न पनि उठेको छ । यस विषयमा अभिनेत्री स्वस्तिमा खड्काले दर्शकसँग भेट्दा भ्यालू कम नहुने बताएकी छिन् ।
उनले आफू दर्शकसँग साक्षात्कार गर्न सधै आतुर रहने बताइन । उनले भनिन्,’अहिले स्वस्तिमा खड्का वा कुनै कलाकार भनेर फिल्म हेर्ने भन्दा पनि उसले गरेको काम र फिल्मको कन्टेन्टका आधारमा दर्शक हल पुग्ने गरेका छन् । त्यसकारण मैले दर्शक भेट्दा मेरो लोकप्रियता घट्छ भन्नेमा म सहमत छैन । तर, हलमा मिडिया लिएर जाने विषयमा भने परिमार्जित हुनु जरुरी छ ।’
उनले पछिल्लो समय स्टारडम भन्दा फिल्मको विषयवस्तुमा दर्शक केन्द्रीत रहेको धरणा राखिन् ।