‘प्रसाद’ को दुई गीत करोड क्लबमा

फिल्म । यस वर्ष सार्वजनिक भएको गीतमा निकै रुचाइएको गीत मध्यको एक हो , लै लै । फिल्म प्रसादमा समावेश यस गीतको शब्द , संगीत र गायकीको निकै प्रसंसा भयो । फिल्मको कास्टले हाइप बढाई रहदा गीतले निकै आशावादी बनायो । यसपछी सार्वजनिक भए लोक शैलीको गीत ‘बनकी चरी’ , यसलाई पनि दर्शकले उत्तिकै रुचाए । यी दुई गीतले नै प्रसादको इन्सियल बिजनेस बढाउने काममा मदत गर्यो । यसवर्षको सफल फिल्म मध्यको एक प्रसादको दुई आँखा नै गीत बन्यो भन्दा फरक नपर्ला । यी दुई गीतले एकसाथ नै करोड क्लबमा इन्ट्री गरेका छन् । लिरिकल भिडियो ‘लै लै’ मा गणेश शाहीको शब्द , सुबास भुषालको संगीत छ भने यसमा केतन छेत्रीले स्वर दिएका छन् । यस गीतमा लेखिएको शब्दलाई केतनको स्वरले व्यक्त गरेको छ । यो गीत लिरिकल भएता पनि यसले करोड क्लबमा इन्ट्री गर्न सफल भएको छ । यसैगरी अर्को गीत ‘बनकी चरी’ मा निश्चल बस्नेत , विपिन कार्की र अन्जली अधिकारी फिचर्ड छन् । लोक शैलीको आइटम गीतलाई रुपक डोटेल र अन्जु पन्तले गाएका हुन् । यसमा पनि सुबाशकै संगीत रहेको छ भने शब्द बि पाण्डेले दिएका छन् । फिल्मको दुई गीत नै कथाअनुसार नै पर्दामा आउछन् । फिल्म विपिन कार्की , नम्रता श्रेष्ठ र निश्चल बस्नेतमा केन्द्रित छ । जसको मध्यमबाट कथालाई भनिएको छ । सुभास थापा इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मलाई दिनेश राउतले निर्देशन गरेका छन् । फिल्मलाई पत्रकार सुशील पौडेलले लेखेका हुन् भने यसमा लोकेश बज्रचार्यको सम्पादन रहेको छ ।
कमेन्ट गर्नुहोस्