‘सरौतो’ मा युवराज र विजय

फिल्म । यसै हप्ता मात्र घोषणा हुदै छायाँकनमा गएको फिल्म ‘सरौतो’ मा दुई पुराना कलाकार युवराज लामा र विजय लामालाई दर्शकले देख्न पाउनेछन् । पछिल्लो समय फिल्मबात टाढिएका कलाकार तथा निर्देशक युवराज लामालाई धेरै समयपछी दर्शकले फिल्ममा देख्न पाउनेछन् । उनि राष्ट्रिय खेलकुद परिसदका सदस्य सचिव बनेपछि फिल्मबाट टाढिएका थिए । यिनै युवराजलाई कथाकै डिमाण्ड अनुसार प्रस्ताव गरिएको र उहा खेल्न जारी हुदा निकै खुसि लागेको फिल्मकी लिड एक्ट्रेस सुमी मोक्तानले बताइन ।

उनि फिल्ममा एक्सन अवतारमा प्रस्तुतु हुदैछिन् । पछिल्लो समय ग्लामरछवी बनाएकी सुमीले एक्सनमा फिट हुन् झन्डै दुई वर्षयता तयारी गरिरहेकी छिन । फिल्ममा युवराज मात्र होइन , अर्का पुराना कलाकार विजय लामा पनि छन् । पाइलट लामा भने फाट्टफुट्ट फिल्ममा देखिदै आएका छन् । यसै वर्ष रिलिज भएको फिल्म बोबी र इन्टु मिन्टु लण्डनमा देखिएका लामाले यसमा शशक्त भूमिका निर्वाह गर्ने सुमीले बताइन । विजयर युवराजलाई एकै पर्दामा देख्दा पुराना फिल्मपर्खी पक्कै खुसि हुनेछन् । यसैगरि युवराज फेरी फिल्ममा जोडिएका छन् । फिल्मलाई हरी हुमागाईले निर्देशन गर्नेछन् । सिनेम्याटोग्राफरको रुपमा चिनिएका हरीले केहि एड र भिडियो निर्देशन गरिसकेका छन् ।

उनले भिडियोपछि फिचर फिल्म निर्देशनमा हात हालेका हुन् । स्क्वायर वान क्रिएसन , राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर फिल्म्स स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्ममा सह – निर्माताको रुपमा श्री महर्जन रहेका छन् । एक्सन र रिभेन्जको कथामा बन्ने फिल्ममा सुमी मोक्तान , सन्नी सिंह , विजय लामा , युवराज लामा , आमिर गौतम , अरुणा कार्की , पराकर्म पीजेबी राणा , सम्पदा दाहाल , सुवाङ्गम शाह , लियो ट्यांक , मनिषा पुन मगर , प्रतिक दुलाल , मनोज तामांग लगायतको अभिनय रहेको छ ।

फिल्ममा राघव कृष्ण गौतमको लेखन , उत्तम हुमागाईको छायांकन , राजकुमार उप्रेतीको एक्सन रहनेछ । यसमा राजन राज शिवाकोटी , पुष्पन प्रधान , कमल खत्री , कोसिस क्षेत्रीको संगीत रहनेछ भने राजन , पुष्पन र कमलसँगै मिलन अमात्य , श्रेया सोतांग र केतन क्षेत्रीको स्वर रहनेछ । फिल्मको छायांकन माघ २२ बाट सुरु हुनेछ भने यसलाई काठमाडौँ , सिम्रौनगठ लगायतका स्थानमा छायांकन गरिनेछ । फिल्मलाई उपत्यकामा गोपाल काजि कायस्थ र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ ।

कमेन्ट गर्नुहोस्