फिल्म । नेपाली फिल्म निर्देशनमा ‘रङ्गेली’ मार्फत डेब्यु गरेका अर्जुन सुवेदी दोस्रो फिल्म ‘सोल्टिनी’ मा पनि असफल भएका छन् । डेब्यु फिल्म ‘रङ्गेली’ मा हिट मानिएको दयाहाङ राई र मिरुना मगरको जोडी लिएर समेत डेब्यु निर्देशनमै ‘फ्लप निर्देशक’ को ट्याग पाएका निर्देशक सुवेदीको दोस्रो फिल्मले दर्शकले साथ दिएनन् । चलचित्र विकास बोर्ड अन्तर्गत रहेको ‘सिनेपा @ बक्सअफिस’ को तथ्यांकअनुसार फिल्म ‘सोल्टिनी’ लाई ८ हजार ८ सय ४ जनाले मात्र हेरेका छन् ।
फिल्मले गएको शनिवार कात्तिक १५ गते बेलुकी ११ बजेर ५९ मिनेटसम्म फिल्मले घरेलुबजारमा २८ लाख ८० हजार रुपैयाँ बराबरको ग्रस कलेक्सन गरेको छ । दोस्रो फिल्ममा निर्देशक सुवेदीले प्रकाश सपुत, परीक्षा लिम्बु लगायतका कलाकार लिएर फिल्म तयार गर्दा पनि दर्शकलाई आकर्षित गर्न सकेनन् ।
कमेन्ट गर्नुहोस्












