नेपालमा कस्तो चल्यो ‘तेरे इश्क मे’ ?

फिल्म । धनुष स्टारर भारतीय फिल्म ‘तेरे इश्क मे’ ले नेपालमा ३ करोड ६२ लाखभन्दा बढी कमाइ गरेको छ । चलचित्र विकास बोर्डले पछिल्लो शनिबारसम्मको कमाइ विवरण बाहिर ल्याएको छ । बोर्ड अन्तर्गत रहेको ‘सिनेपा @ बक्सअफिस’ को तथ्यांकअनुसार फिल्मले नेपाली बक्सअफिसमा ३ करोड ६२ लाख ७ हजार ५८८ रुपैयाँ (ग्रस) आम्दानी गरेको छ ।

रोमान्टिक ड्रामा जनरामा निर्माण गरिएको फिल्मले नेपालका मल्टिप्लेक्स र सिंगल स्क्रिन हलहरूमा दर्शकको राम्रो साथ पाएको देखिएको छ । धनुषको अभिनय र फिल्मको भावनात्मक कथावस्तुले नेपाली दर्शकलाई आकर्षित गरेको हल सञ्चालकहरूको भनाइ छ । आनन्द एल रायको निर्देशनमा तयार भएको उक्त फिल्ममा धनुषसँगै कृति सेननको अभिनय रहेको छ ।

कमेन्ट गर्नुहोस्