अस्मीले गरिन् प्रेमी शशांकसँग विवाह

सौन्दर्य । पूर्व मिस नेपाल अस्मी श्रेष्ठ विवाह बन्धनमा बाँधिएकी छन् । उनले सोमबार आफ्ना प्रेमी शशांकलाल श्रेष्ठसँग विवाह गरेकी हुन् । शशांकलाल र अस्मीको विवाह समारोह निजी रूपमा सम्पन्न गरिएको हो । दुवैको परिवार, नजिकका आफन्त तथा केही मित्रहरूको उपस्थितिमा सम्पन्न भएको यो समारोहको स्थल भने गोप्य राखिएको छ ।

विवाहमा बेहुला र बेहुली दुबै परम्परागत पहिरनमा आकर्षक देखिएका थिए । उनीहरू एकअर्काको साथमा निकै खुसी देखिन्थे । विवाहका कार्यक्रमहरू बिहीबारबाटै सुरु भएका थिए । बिहीबार अस्मीको मेहेन्दी समारोह आयोजना गरिएको थियो ।

पूर्व मिस नेपाल अस्मीले २०८० साल पुस १९ गते अमेरिकामा बसोबास गरिरहेका शशांकलालसँग इन्गेजमेन्ट गरेकी थिइन् । उनी त्यसै समय अमेरिका पुगेकी थिइन् र त्यहीँबाट सामाजिक सञ्जालमार्फत इन्गेजमेन्टको घोषणा गरेकी थिइन् ।

२०१६ मा मिस नेपालको ताज जितेकी अस्मी त्यसयता मोडलिङ तथा म्युजिक भिडियोमा सक्रिय रहिएकी छन्।

कमेन्ट गर्नुहोस्