फिल्म । नेपाली फिल्मको तगडा भिडन्त प्राय विदामा हुने गर्छ । आउँदो दसैँलाई लक्षित गर्दै दीपकराज गिरी र दीपाश्री निरौला समुहको फिल्म ‘छमाया छपक्कै’ र अशोक शर्मा निर्देशित तथा निर्मित फिल्म ‘रातो टीका निधारमा’ प्रदर्शनमा आउंदैछ । यो भिडन्तलाई ठुलो भिडन्तको रुपमा हेरिएको छ । यसपछिको ठुलो भिडन्त आउँदो चैत्र २८ गते हुने सम्भावना छ । गत वर्षको चैत्रमा अनमोल केसी र सलिन मान बनिया आमने सामने भएका थिए । यसपटक भने अनमोल र प्रदीप खड्काको भिडन्त हुन् सक्ने सम्भावना बढेको छ ।
भुवन केसी यतिबेला होम प्रोडक्सनको फिल्ममा काम गर्दैछन् र यसको छायाँकन दसैँ आसपासमा हुनेछ । फिल्मको वितरण अधिकारी मोफसलका लागि एफडी कम्पनिले खरिद गरेको छ भने आइतवार सम्झौता समेत भइसकेको छ । भूवनले आफ्नो ब्यानर दि सुपर काजोल फिल्मस्बाट फिल्मलाई निर्माण तथा निर्देशन गर्दैछन् । उक्त फिल्मको लागि उनले एफडी कम्पनीसँग कमिसनमा काम गरेको वुझिएको छ भने , उनलाई मिनिमम ग्यारेन्टी सहित ८० लाख भन्दा बढी एडभान्स दिएको छ ।
एडभान्स दिएर कमिसनमा भूवन र एफडीविच काम गर्ने सहमती भएको पनि बुझिएको छ । भुवनसँगै अनमोल केसीको समेत अभिनय रहने फिल्मलाई वितरण कम्पनिले बलियो डेटमा प्रदर्शन गर्ने सोचमा छन् । दसैँपछिको बलियो डेट नयाँ वर्षलाइ मानिन्छ । यसैले गर्दा पनि अनमोलको अन टाइटल प्रोजेक्टसँग प्रदीपको ‘प्रेम गीत ३’ सँगै प्रदर्शनमा आउने सम्भावना बढ्दो छ । लगानी र स्टार कास्टको हिसाबले भुवनले चैत्र अन्तिमकै डेटलाई तय गरेको बुझिएको छ । किनकी गत वर्ष सोहि समयमा प्रदर्शनमा आएको फिल्म ‘ए मेरो हजुर ३’ ले अनमोलको करियरकै सर्वाधिक व्यापार गरेको थियो ।
सन्तोष सेन र छेतेन गुरुङको निर्देशनमा तयार हुने फिल्म ‘प्रेम गीत ३’ सँग भुवन निर्देशित फिल्मसँगै प्रदर्शनमा आउदा थोरधेर घाटा भने दुवैलाई लाग्नेमा दुइमत छैन । साथै सो समयमा हलिउड फिल्म ‘बोण्ड २५’ पनि प्रदर्शनमा आउंदैछ । ड्यानियल क्रेग अभिनित जेम्स बोण्डको २५ औ सिरिजलाई अप्रिल ८ रिलिज डेट राखिएको छ । साथै यसै समयमा अप्रिल १० मा भारतीय क्रिकेटर कपिल देवको बायोपीक फिल्म ‘८३’ पनि प्रदर्शनमा आउंदैछ । रणवीर सिंहले कपिल देवको भूमिका निर्वाह गरिरहेको फिल्मलाई फस्ट लुकले नै प्रतिक्षित बनाएको छ ।
यी सबसँगै यदि ‘प्रेम गीत ३’ वितरणको जिम्मा एफडी कम्पनिले पाए भिडन्त टर्ने सम्भावना बढ्ने छ , अन्यथा यस वर्ष अनमोल र प्रदीपको ‘टकराव’ ले बक्स अफिसको अंक गणित प्रस्ट्याउनेछ ।