फिल्म । विक्रम संवत २०७५ साल चैत्र २९ गते एकसाथ दुइ फिल्म प्रदर्शनमा आए , यात्रा : द म्युजिकल भ्ल्ग र ए मेरो हजुर ३ । नयाँ वर्षलाई लक्षित गर्दै दुइ फिल्म प्रदर्शनमा आएका थिए । नयाँ वर्षको दिन राम्रो व्यापार हुने भएपछि फिल्महरु एकसाथ प्रदर्शनमा आएका हुन् । दुवै नेपाली फिल्म भएकाले शो वितरणमा समस्या देखिएन । फिल्म प्रदर्शन भएपछि ‘ए मेरो हजुर ३ ‘ को व्यापार राम्रो भयो भने यात्राले ठीकठाकै व्यापार गर्यो । त्यसको साता वित्न नपाउँदै भारतीय फिल्म ‘कलंक’ रिलिज थियो । शुक्रबार प्रदर्शनमा आएको दुइ नेपाली फिल्मले दर्शक पाउदै गर्दा बुधवार भारतीय फिल्म आउने चर्चा सुरु भयो । भारतीय फिल्म वितरन्को अधिकार लिएका टिमले बुधवार नै फिल्म नेपाल वितरण गर्ने प्रयास गर्यो । तर , तात्कालिन चलचित्र विकास बोर्ड अध्यक्ष केशव भट्टराईले नेपालमा शुक्रबार मात्र विदेशी फिल्म रिलिज गर्नुपर्ने अडान लिए ।
त्यो समयमा उनि निर्मित ‘यात्रा’ पनि प्रदर्शनरत थियो । केहि फिल्मकर्मीले आफ्नो फिल्मको लागि भारतीय फिल्म प्रदर्शनलाई बुधवार रोकिएको आरोप समेत लगाए । तर , तत्कालिन विकास बोर्ड अध्यक्ष भट्टराईले शुक्रबार बाहेक अन्य डेटमा फिल्म रिलिज गर्न नपाइने भन्दै आफ्नो अडान कायम नै राखे । विदेशी विदा अनुसार नेपालमा फिल्म रिलिज हुने मनोमानी बढेपछि तात्कालिन समयमा बोर्डले शुक्रबार बाहेक अन्य दिन फिल्म रिलिज गर्न नपाइने निर्देशन दियो ।
बोर्डले ‘कलंक’ को रिलिज बुधवारबाट सारेर शुक्रबार पुर्याएपछि नेपाल तथा हिन्दी दुवै फिल्म शुक्रबार नै रिलिज गर्न दिने सोच अनुसार फिल्मकर्मीको सल्लाह अनुसार नै कार्यविधि बनाएर अगाडी बढ्ने तत्कालिन अध्यक्ष भट्टराईले सार्वजनिक कार्यक्रममै बताएका थिए । नेपाली फिल्मको अस्तित्व सकाएर विदेशी फिल्मलाई प्रोत्साहन गर्न नसकिने भन्दै लिइएको अडान धेरै समय टिक्न पाएन ।
त्यहिँ वर्ष इदमा रिलिज हुने फिल्म ‘भारत’ को रिलिजको समयसम्म नियम फितलो बन्यो । फलत: नेपालमा जुनसुकै समयमा फिल्म रिलिज हुन् थाले । कोरोना भाइरसको महामारी अगाडी रिलिज हुने भनिएको फिल्म ‘सूर्यवंशी’ ले मंगलवार नै रिलिज घोषणा गर्यो । त्यहिँ अनुरुप नेपालमा पनि रिलिजको तयारी नभएको होइन । तर , कोरोना महामारीका कारण सबै ठप्प भयो । विदा लक्षित गर्दै जथाभावी रिलिज गर्दा अघिल्लो शुक्रबार रिलिज भएको फिल्मलाई समस्या आउने भन्दै बेलाबखतमा आवाज उठ्ने गरेका छन् । तर , फिल्म क्षेत्रको विकासका लागि गठित संस्था चलचित्र विकास बोर्ड मौन हुँदा ती आवाजहरु हल्ला बन्ने गरेका छन् ।
आउँदो वैशाख १ गते नेपालमा ‘ए मेरो हजुर ४’ सँगै विदेशी फिल्महरु पनि रिलिज हुँदैछन् । विदेशी फिल्म विहिबार नै रिलिज हुने भएपछि नेपालमा पनि त्यहिँ हुँदैछ । भारतीय फिल्म रिलिज गर्ने वितरकहरुले सेन्सर नगर्दै टिकेट खोलिसकेका छन् । भारतमा सेन्सर अगाडी टिकेट बुकिङ भइरहेका छन् । यद्दपी नेपालमा विक्री नै सुरु भएको छ । नेपालमा विदेशी फिल्म हावी हुँदा नेपाली फिल्म घरेलु बजारमै निरीह बनिरहेका छन् ।









