लभ स्टोरी लेख्दैछन् प्रदीप ?

10 Shares

फिल्म । पछिल्लो समय निर्देशक प्रदीप भट्टराई सर्वाधिक खोजिने निर्देशक बनिरहेका छन् । निर्देशक भट्टराई निर्देशित तिन फिल्म जात्रा , शत्रु गते र जात्रै जात्राले लगातार ५१ औ दिने यात्रा पार गरेपछि यतिबेला फिल्मनगरीमा उनिसंग काम गर्नेको लर्को नै छ । उनलाई प्रतिष्ठित व्यानरले सहकार्य गर्ने अफर गरिरहेका छन् । पछिल्लो समय उनि भुवन केसीसंग पनि छलफलमा छन् । यसैगरी भद्रगोल टिमले पनि उनलाई अफर गरेको छ । तर , उनि संयमित तरिकाले अगाडी बढ्ने तरिकामा छन् ।

मह सञ्चारमा डेढ दशक सहकार्य गरेका प्रदीप लेखन र निर्देशनमा ह्याट्रिक गर्ने पहिलो निर्देशक बनेका छन् । यतिबेला उनले नयाँ फिल्म के गर्दैछन् र कोसंग टिमअप गर्दैछन् भन्ने चासो दर्शकसंगै फिल्मकर्मीलाई पनि छ । बुझिए अनुसार प्रदीप यतिबेला एक फिल्मको लेखनमा जुटिसकेका छन् । उनले लगातार कमेडी फिल्मपछि अब लभ स्टोरी फिल्म बनाउने तयारी गरिरहेका छन् । उनले केहि समय अगाडी आफुले रेगुलर भन्दा केहि फरक लभ स्टोरी बनाउने प्रतिक्रिया दिएका थिए ।

Facebook Comments