‘निशब्दम’ ट्रेलरबाट अनुष्कालाई तारिफ (भिडियो)

फिल्म । फिल्म बाहुबलीमा अभिनय गरेपछि विश्वभर फ्यान बढाउनेमा अनुष्का शेट्टी पनि पर्छिन् । फिल्मले शिर्ष रोलमा रहेका अभिनेता प्रभासलाई मदत गरेपनि अनुष्काको स्टारडम पनि उत्तिकै बढाएको छ । यिनै अनुष्का अभिनित पछिल्लो फिल्म हो ‘निशब्दम’ । थ्रिलर फिल्मको ट्रेलर सार्वजनिक भएसंगै यसको चर्चा बढेको छ । फिल्ममा अनुष्कासंगै आर माधवन , शालिनी पाण्डे , माइकल र अन्जलीको अभिनय रहेको छ ।

यो फिल्मको टाइटल गत वर्षको जुलाई ७ मा सार्वजनिक गरिएको थियो । अनुष्काको मुख्य भूमिका रहेको फिल्ममा उनले फिल्मकरियर सुरु गरेको १४ वर्षको उपलक्ष्यमा घोषणा गरिएको थियो । फिल्ममा हन्टेड हाउसमा हुने क्राइमको कथालाई प्रस्तुत गरिएको संकेत सार्वजनिक ट्रेलरले गर्छ । निशब्दमलाई कोना भेन्कटले लेखेका हुने भने यसको निर्देशन हेमन्त मधुकरले गरेका हुन् । फिल्म तमिल , तेलुगु र हिन्दी भाषामा रिलिज हुनेछ ।

(एजेन्सी)
कमेन्ट गर्नुहोस्