‘माइतीघर’को फस्टलुक सार्वजनिक

फिल्म । रोहित अधिकारी फिल्म्स् प्रा.लि.को ब्यानरमा निर्मित फिल्म ‘माइतीघर’को फस्टलुक सार्वजनिक गरिएको छ । मुख्य कलाकारहरूलाई समावेश गरी निर्माण पक्षले आकर्षक फस्टलुक तयार गरेको छ । मिलन तामाङको निर्देशनमा बनेको यो फिल्ममा रविन शेरचन र धिरज तामाङको लगानी छ । ईश्वर श्रेष्ठ र निरज कटुलाल कार्यकारी निर्माता छन् ।

रोहित अधिकारीको प्रस्तुतिमा निर्मित फिल्ममा चन्द्रकुमार दोङको कथा, सुशन प्रजापतिको छायांकन, रामशरण पाठकको पटकथा र संवाद, सुरेन्द्र पौडेलको सम्पादन, किरण खरेल, कुमार स्याङ्बा र राम अविरलको गीत, चन्द्रकुमार दोङ, एलिस कार्की, एस.डी योगी र स्वर्गीय जयदेवको संगीत, अष्ट महर्जनको एक्सन र साहिल खानको ट्रेलर छ।फिल्म दशैंको फूलपातिको अवसरमा असोज १३ गतेदेखि रिलिज हुँदैछ ।

केदार घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, बुद्धि तामाङ, युवराज लामा, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, संगीता थापालगायतका कलाकारको अभिनय छ।फस्टलुकमा कलाकारहरूको पात्र चित्रण र उज्यालो बलिरहेको घर समावेश छ, जसले माइतीघरको भावनालाई झल्काउँछ । फिल्मले तामाङ संस्कृतिलाई पनि उजागर गरेको छ । निर्माता रोहित अधिकारीले फिल्म उत्कृष्ट बनेको दाबी गर्दै प्रचारप्रसारमा कुनै कमी नगर्ने बताएका छन् । यसअघि रोहितले निर्माण गरेका ‘गाजलु’, ‘छ माया छपक्कै’ र ‘फर्की फर्की’ दर्शकले रुचाएका थिए ।

कमेन्ट गर्नुहोस्