म त पिरिममा : कभर भिडियो बनाउदा पचास हजार पाइने

फिल्म । फिल्म ‘गरुड पुराण’ मा समावेश गीत ‘म त पिरिममा’ ल़िया पछिल्लो समय दर्शक तथा श्रोताले रुचाएका छन् । युट्युबमा १० लाख नजिकको भ्युज पाइसकेको गीतलाई टिकतोकमा पनि रुचाइएको छ । यसलाई टिकतोक गर्नेको संख्या बढ्दो छ । यहि लोकप्रियतालाई मध्यनजर गर्दै निर्माण पक्षले गीतको कभर भिडियो प्रतियोगिता घोषणा गरेको छ । यसको कभर भिडियो निर्माण गर्ने मध्यबाट विजेता हुनेले नगद रु ५० हजार प्राप्त गर्नेछन् । साथै , एउटा म्युजिक भिडियो र फोटोसेसनको अवसर पनि कभर भिडियो विजेतालाई दिइने निर्देशक सुवास कोइरालाले बताए । ‘गीतको लोकप्रियतालाई देखेर कभर भिडियो घोषणा गरेका छौ’ उनले भने ‘गीतको बारेमा प्राप्त फिडब्याकमा अधिकाँस सकारात्मक छन् ।’ गीतले नै फिल्मको हाइप समेत बढाईरहेको छ । दिनेश राउतको शब्द रहेको गीतमा कोसिस क्षेत्रीको संगीत रहेको छ भने यसमा कोसिस र मनिषा पोखरेलले स्वर दिएका छन् । गीतलाई रेनाशा वान्तवा राईले कोरियोग्राफी गरेकी छिन भने यसमा निश्चल बस्नेत , कर्मा , प्रियंका सिंह ठकुरी र अन्जली योन्जनको नृत्य रहेको छ । प्रतियोगितामा भाग लिन एकल, युगल वा सामुहिक रुपमा कभर भिडियो बनाएर creationmadani@gmail.com मा पठाउनुपर्ने छ । उपलब्ध भिडियोहरु मदानी क्रिएसनको युट्युब च्यानल मार्फत अपलोड गरिनेछ । यसलाई भ्युजको आधारमा उत्कृष्टता घोषणा गरिनेछ । माघ ४ मा रिलिज हुने फिल्ममा नजिर हुसेन , कामेश्वर चौरसिया , प्रविन खतिवडा , प्रकाश घिमिरे , रश्मी भट्ट लगायतको अभिनय रहेको छ । आकाश बराल, बिनोल खतिवडा र सुवास आफैले लेखेको योफिल्मको कथा कसम नेपालको हो । निर्माताको रुपमा अजित प्रजापति र अशोक गौतम रहेका छन् । सुसन प्रजापतिको छायाँकन रहेको फिल्मलाई उज्ज्वल ढकालले सम्पादन गर्दैछन् ।
कमेन्ट गर्नुहोस्