पलसँग सहारा र सशीको ‘गर्मी भयो धरान’ (भिडियो)

संगीत । गीतकार अमर वान्तुको नयाँ गीत ‘गर्मी भयो धरान’ भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा सत्यराज आचार्य र मेलिना राईको स्वर , दिनेश बान्तवाको संगीत रहेको छ। भुमिसा प्रोडक्सनले निर्माण गरेको भिडियोलाई जनकदिप पराजुलीले निर्देशन गरेका छन् । पल शाह, साहारा राई र सशी राई लोहोरुङ फिचर्ड छन् । सागर प्रधानले छायाँकन गरेको भिडियोको सम्पादन धुर्बराज पराजुली ‘प्रज्वलित’ ले गरेका हुन्।

सार्वजनिक भिडियोमा मनिता राईको कोरियोग्राफी रहेको छ। गीतको शब्दले मागे अनुसार नै गीतको लोकेसन धरानमा खिचिएको र गीतले मागे अनुसारको कन्सेप्टमा भिडियो निर्माण गरिएकोले भिडियो उत्कृस्ट बनेको निर्देशक जनकदिप पराजुलीले बताए।

कमेन्ट गर्नुहोस्