फिल्म । केहि दिन अगाडी मात्र नेपाली फिल्म ‘पासवर्ड’ को राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गीत सर्वाजनिक गरिएको थियो । सार्वजनिक गीत ‘आजको शाम’ मा बलिउड एक्ट्रेस सन्नी लियोनी फिचर्ड थिइन् ।केहि समय अगाडी लण्डनमा खिचिएको गीत सार्वजनिक भएको केहि दिनपछि सन्नीले यसलाई सोसल मिडियामा शेयर गर्दै आफुलाई खुसि लागेको लेखेकी छिन् । ‘नेपाली फिल्ममा देखिन् पाउदा निकै खुसि लागेको छ र यो गीत तपाई समक्ष ल्याउन पाउदा झनै’ उनले लेखेकी छिन् ।
उनले आफुलाई नेपाली फिल्मसंग जोडिन पाउदा गर्व महसुस भएको समेत लेखेकी छिन् । एडल्ट स्टारबाट बलिउड स्टार बनेकी हट एण्ड बोल्ड सन्नी बेलाबखतमा नेपाल आइरहन्छिन । कहिले विभिन्न रमणीय स्थान घुम्न त कहिले आफू ब्रान्ड एम्बसेडर रहेको कम्पनीको ब्रान्ड प्रवद्र्धन गर्न नेपाल आउने गरेकी सन्नीलाई केहि दृश्यमा पनि देख्न पाइने बुझिएको छ ।
So Happy to share my new song for the Nepali movie ‘Password’.. as many of you know my Love for Nepal and therfore I’m proud to be a part of the Nepalese film World. Such great talent coming from Nepal. Stay tuned !!!https://t.co/CsMIUUxYvg
— Sunny Leone (@SunnyLeone) June 14, 2019
अर्जुन पोखरेलको संगीत, दुर्गा खरेलको स्वर र विक्रम जोशीको शब्द रहेको गीतलाई युट्युबमा रुचाइएको छ । अभिनेता अनुप विक्रम शाही र कलाकार बुद्धि तामाङलाई पनि गीतमा देख्न सकिन्छ । यस फिल्मका निर्देशक सम्राट बस्नेत हुन् । यसलाई हिरल जोशी र अमित बस्नेतले निर्माण गरेका हुन् । फिल्मका कार्यकारी निर्माता अंकित गौतम हुन् । फिल्ममा सौरभ लामाको छायांकन भने यसलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् । फिल्म आउँदो भाद्र २७ मा रिलिज हुनेछ ।