भ्यालेन्टाइन डेमा ‘धेरै माया’ सार्वजनिक (भिडियो)

संगीत । भ्यालेन्टाइन डेको अवसर पारेर ‘धेरै माया’ बोलको गीत सार्वजनिक गरिएको छ । केकी अधिकारी र बिकास लामिछाने फिचर्ड भिडीयोमा यी दुईको गहिरो प्रेम देखाईएको छ । हेमन्त शिशिरको शब्द संगीत रहेको गीतमा संगीतकार शिशिर र चर्चित गायिका अन्जु पन्तले स्वर दिएका छन ।

सगरमाथा म्युजिक प्रालिले बजारमा ल्याएको भीडीयोलाई समन अधिकारीले निर्देशन गरेका छन् । भिडीयोमा निरोज श्रेष्ठको छायाँकन , अरुणा घिमिरेको मेकअफ र बिकास धमलाको सम्पादन समाबेश छ ।

कमेन्ट गर्नुहोस्