‘जोवन ढलढल’ सार्वजनिक

संगीत । हिन्दु नारीहरुको महान चाड तीज नजिकदै गर्दा तीज गीतको भिडियो सार्वजनिक हुने क्रम पनि बढी रहेको छ । यसै क्रममा गायक सन्दीप न्यौपाने र गायिका समीक्षा अधिकारीको स्वर रहेको गीत ‘जोवन ढलढल’ सार्वजनिक भएको छ ।

नयाँ नेपाली तीज गीतमा नेत्र अर्यालको शब्द, श्रीधर अधिकारीको संगीत, केशव बडुको एरेन्ज तथा कुमार रानाको मिक्सिङ र मास्टरिङ छ । जेरी भण्डारीको कोरियोग्रफी तथा निर्देशन रहेको भिडियोमा सन्दीप न्यौपाने, उषा उप्रेती, सुस्मिता कोइराला र शिबु खनाल फिचर्ड छन् । डान्सिङ नम्बरको गीतमा कलाकारहरु निकै झुमेका छन् ।

भिडियोमा अमर रावलको सहायक कोरियोग्राफी, राजेश घिमिरेको छायांकन, मनोज कार्कीको सम्पादन र कलर, सीता मगरको मेकअप छ । गीतको भिडियो गायक न्यौपानेको आफ्नै च्यानलबाट सार्वजनिक गरिएको हो ।

गीत सार्वजनिक भएसँगै गायक न्यौपानेले महिलाहरूको महान चार्ड तीजको सांस्कृतिक धर्म निर्वाह गर्नका लागि पनि आफूले यसरी गीत हरेक तीजमा ल्याउने गरेको बताए ।

कमेन्ट गर्नुहोस्