लाबिमको हल किन पाउँदैनन् नेपाली निर्माताले ?

29 Shares
PC : Labim Mall Social Media

फिल्म । गत असार १६ गते चलचित्र विकास बोर्डमा भएको बार्सिकोत्सवमा सूचना , सञ्चार तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले एउटा बहस चलाए । ‘अब नेपाली फिल्म अनिवार्य रुपमा ६ महिना हलले चलाउनु पर्छ नत्र हामी कडा रुपमा प्रस्तुत हुन्छौ’ उनले भने ‘यो कानुनमा राख्दै छौ र बहसको रुपमा मैले कुरा बाहिर ल्याए ।’ सञ्चार मन्त्री बाँस्कोटाको यो बहसलाई फिल्मकर्मीले स्वागत गरेपनि हल व्यवसायी भने असन्तुष्ट छन् । जसको झल्को उक्त कार्यक्रममै पाइन्थ्यो । नेपालको ठुलो चेन मानिने क्युएफएक्सका संचालक मध्यका एक नकिम उद्दिन सोहि कार्यक्रममा सम्मानित मध्यका एक थिए ।

मन्त्री बाँस्कोटाले बहसलाई अगाडी सार्दा उनको एक्सप्रेसन हेर्न लायक नै थियो । चलचित्र संघका निवर्तमान अध्यक्ष समेत रहेका नकिम फिल्म निर्माता पनि हुन् । उनको क्युएफएक्स सिनेमाज त अल नेपालमा नै ब्राण्ड बनिसकेको छ । उपत्यकाको कुरा गर्ने हो भने लाबिम मल पनि आकर्षण मान्न सकिन्छ । त्यहाँ रहेको क्युएफएक्स सिनेमाजको ३ पर्दा रहेको छ । जहाँ बेलाबखत प्रिमियर कार्यक्रम पनि हुने गर्छ तर विदेशी फिल्मको मात्र । गत विहिबार ‘स्पाइडर म्यान’ को नयाँ सिरिज फार फ्रम होमको प्रिमियर भएको उक्त मलको हलमा नेपाली फिल्म प्रिमियरको लागि भने उपलब्ध गराईदैन ।

पछिल्लो समय त्यहाँ नेपाली फिल्म ‘द म्यान फ्रम काठमाण्डू’ को प्रिमियर भएको थियो । जसको निर्माता संचालक मध्यका एक नकिम थिय । क्युएफएक्सका संचाकलहरु निर्माता नरहेको स्वदेशी फिल्मले त्यहाँ प्रिमियर गर्न पाउदैनन् । भलै , विदेशीलाई कसले रोक्ने ? नेपाली दर्शकको माया पाएर जय नेपाल र कुमारी सिनेमाजबाट आफ्नो चेन बढाउदै लगेको क्युएफएक्सले नेपाली फिल्म र निर्मातालाई किन यस्तो गर्छन ? ‘द म्यान फ्रम काठमाण्डू’ जत्तिको क्वालिटीमा के अन्य फिल्म बन्दैन र ? कि क्युएफएक्समै शेयर हुनु पर्ने प्रिमियर गर्न पनि ? अरु नेपाली फिल्मलाई पनि कागबेनी , सानो संसार , सुन्तली , द म्यान फ्रम काठमान्डू जस्तो सोच्ने कि ?

Facebook Comments