‘दि ब्रेकअप’ को हरपल सार्वजनिक (भिडियो)

फिल्म । पछिल्लो सार्वजनिक रिमेक गीत ‘आज हाम्रो भेट भाको दिन’ पछी फिल्म ‘दि ब्रेकअप’ युनिटले दोस्रो गीत ‘हरपल’ सार्वजनिक गरेको छ । यसलाई प्रकाश मल्लले लेखेका हुन् भने यसमा बिराज गौतमको स्वर र संगीत रहेको छ ।

फिल्ममा आशिरमान र शिल्पासँगै रेनदास श्रेष्ठ, इच्छा कार्की फिचर छन् । हेमराज बिसीको निर्देशनमा बनेको फिल्मलाई नरेन्द्र मैनालीले छायाँकन गरेका हुन् । योफिल्मलाई रुपक थापा, दीपक खतिवडा, रेनु राना र निर्देशक बिसीले संयुक्त लगानीमा निर्माण गरेका छन् । नेपाल र अष्ट्रेलियामा छायाँकन गरिएको फिल्मको कथा पनि निर्देशक बिसीनै लेखेका हुन् । सुरेन्द्र पौडेलले सम्पादन गरेको फिल्म ‘दि ब्रेकअप’ आगामी पौष २७ मा रिलिज हुदैछ ।

कमेन्ट गर्नुहोस्