फिल्म । अभिनेता सनी देओलको मुख्य भूमिका रहेको फिल्म ‘जाट’ले एक सातामा भारतमा ५७ करोड रुपैयाँ कमाइ गरेको छ । उनको स्टारडमको हिसाबले यसकै ठीकठाक मानिएको छ । केही वर्ष यता उनले अभिनय गरेको फिल्म ‘गदर २’ बाहेक सबै असफल छन् । ‘जाट’ ले फिल्मले पहिलो दिन भारतीय बजारमा ९.५ करोड रुपैयाँ कमाएको थियो ।
सनीको फ्यान देखेपछि निर्माण पक्षले यसको सिक्वेल घोषणा गरेको छ । गोपिचन्द मालिनेनीद्वारा निर्देशित फिल्ममा सनी देओलसँगै रणदीप हुड्डा, विनीतकुमार सिंह, सयामी खेर र रेजिना क्यासेन्ड्राले मुख्य भूमिका निभाएका छन् । तर सिक्वेलमा सनी बाहेक अन्यको कलाकार रहनेछन् भन्ने विषयलाई सार्वजनिक गरिएको छैन ।
कमेन्ट गर्नुहोस्












