फिल्म । हरर फ्यामिली ड्रामा ‘ममी’को टिजर रिलिज गरिएको छ । आज सार्वजनिक गरिएको टिजरमा परिवारको प्रिय कुकुरको दुखद् निधन पश्चात छोरीले घरमा कालो बिरालो पाल्न थालेपछि सिलसिलेवार ढंगले परिवार निम्तिने काला विपत्तिको श्रृंखला देखाइएको छ ।
माघ २५ गतेलाई प्रदर्शन तय गरिएको फिल्ममा प्रियंका कार्की, दीया मास्के, सुलक्षण भारती, समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गीत विष्टलगायतका कलाकारहरूको अभिनय रहेको छ । सो ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको फिल्ममा समर निरौला र पूर्णिमा जोशीको लेखन तथा समर निरौलाको निर्देशन रहेको छ ।
लोकराज जोशी र पूर्णिमा जोशी निर्माता तथा सुमन कोइराला कार्यकारी निर्माता रहेको फिल्म ‘ममी’को छायाँकन निशाल पौडेल र शरद महतोले संयूक्त रुपमा गरेका हुन् भने सम्पादन सुरेन महर्जनको रहेको छ । यसैगरी पार्श्वध्वनीमा रोहित शाक्य, साउन्ड डिजाईनमा श्रवल आर पि रंग संमयोजनमा दिपेश चौधरीतथा संगीतकारमा एसडी योगी रहेका छन् ।