पुष्प र सुशिलाको ‘मायाको फूलबारी’ (भिडियो)

संगीत । गीतकार तथा संगीतकार सुरेश घोण्डे गुरुङको नयाँ गीत ‘मायाको फूलवारी’ सार्वजनिक भएको छ । गीतमा गुरुङको शब्द तथा संगीत रहेको छ भने यसमा गायिका मेलिना राई र सुमन केसीले स्वर भरेका छन् ।

शान थापाको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा अभिनेता पुष्प खड्का र सुशीला थापा फिचर्ड छन् । भिडियोमा पुष्प र सुशिलालाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । राजीव समरको करियोग्राफी रहेको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् । कमल प्रसाईंले ड्रोन चलाएको भिडियोको सम्पादन तथा कलर सुप्रिम पराजुलीले गरेका छन् ।

कमेन्ट गर्नुहोस्