फिल्म । बलिउडममा सलमान खानसँग जोडी बाध्ने सपना सबैको हुन्छ । फ्यान फलोअर्स राम्रो भएका सलमानको फिल्म मार्फत नोटिस हुने धेरै यतिबेला बलिउडमा राम्रो स्थानमा छन् । तर , केहि एक्ट्रेस छन् जसले सलमानसँग अझै जोडी बाधेका छैनन् । यिनै मध्यकी एक हुन् श्रद्धा कपूर । साउथ इण्डियन स्टार प्रभाससँग समेत जोडी बाधेकी श्रद्धाले सलमानसँग देखिने मौका पाएकी छैनन् ।
पछिल्लो समय श्रद्धाले उक्त मौका नपाए पनि डेब्यु गर्ने मौका भने पाएकी थिइन् । ‘म जब १६ कै थिए त्यहि समयमा सलमान सरसँग एक फिल्ममा काम गर्ने प्रस्ताव आएको थियो तर मैले त्यतिबेला स्वीकार्न सकिन । फलत पछिल्लो समयसम्म पनि हामी स्क्रिनमा देखिएका छैनौ । फ्यानले प्रश्न गर्छन् तर जवाफ यहि हो’ श्रद्धाले एक अन्तर्वार्तामा भनिन् ।
सलमान पनि बलिउडमा धेरैलाई डेब्यु गराउने कलाकारमा पर्छन् । तर , उनको प्रस्ताव नस्वीकार्नेसँग उनले स्क्रीनमा देखिन अफर नै रिजेक्ट गर्ने गरेका छन् । सलमान श्रद्धासँग मात्र हैन , दीपिका पादुकोणसँग पनि अझै देखिएका छैनन् । सलमानले प्रियंका चोपडासँग काम नगरेको पनि लामो समय भैसकेको छ । (एजेन्सी)











