विराज भन्छन् ‘खलनायक खेल्छु’

फिल्म । विराज भट्टले अभिनय गरेको फिल्ममा सफलको कुरा गर्ने हो भने खलनायकको नाम पनि अगाडी आउछ । फिल्ममा विराजले नेगेटिभ हिरोको भूमिका निर्वाह गरेका थिए । फिल्ममा समावेश मागेर पाउने भए म .. बोलको गीतले पनि निकै चर्चा पाएको थियो । फिल्ममा विराज मात्र थिएनन् राजेश हमाल र निखिल उप्रेती पनि थिए । उक्त समयमा यी तिन मध्य एक भएपनि फिल्म चल्ने अवस्था थियो तर एकै फिल्ममा तिन हुँदा चर्चा निकै थियो । रोज राणाको निर्माण रहेको उक्त फिल्मको सिक्वेल बन्ने चर्चा पछिल्लो समय भइरहेको छ । फिल्मलाई ‘रणवीर’ निर्देशक गोविन्द सिंह भण्डारीले निर्देशन गर्दैछन् भन्ने खबर मिडियामा आइरहेको छ । तर , त्यसबारे आधिकारी रुपमा निर्माण पक्षले जानकारी गराएको छैन । फिल्ममा नयाँ कलाकार हुन्छन वा पुरानो कलाकार दोहोरिन्छन ? यो जिज्ञाषा सबैमा छ । पुराना कलाकारलाई दोहोर्याउन मुस्किल पक्कै छ । विराज फिल्म खेल्न तयार छन् त ? यो प्रश्नमा उनले आफु फिल्म खेल्न तयार रहेको बताए । ‘मेरो रोजजीसँग त्यस्तो नराम्रो केहि छैन र त्यो मैले अभिनय गरेको एक सफल फिल्म नै हो’ उनले भने ‘फिल्म किन नखेल्ने म कलाकार हुँ , मेरो काम नै अभिनय गर्ने हो ।’ उनले निर्माण पक्षले सुहाउँदो रोल अफर गरेको खण्डमा आफु फिल्म खेल्न तयार रहेको बताए । पछिल्लो समय विराज आफ्नै निर्माण , निर्देशन र अभिनय रहने फिल्म ‘साङ्लो’ मा व्यस्त छन् ।
कमेन्ट गर्नुहोस्