५३ औ वर्षमा लागे शाहरुख , यस्ता छन् रेकर्ड !

बलिउड । अभिनेता शाहरुख खान ५३ औ वर्षमा प्रवेश गरेका छन् । यसपटक उनले फ्यानलाई आफ्नो फिल्म ‘जिरो’ को ट्रेलर दिदैछन् । झन्डै १८० करोडको बजेटमा निर्माण भएको फिल्ममा उनि फरक रुपमा छन् । आनन्द एल रायको निर्देशनमा तयार भएको फिल्ममा उनिसँगै कट्रिना कैफ र अनुष्का शर्मा छिन । शाहरुखले यसपटक बर्थ डे पनि भव्य रुपमा मनाउदैछन् । उनको जन्मोत्सवमा आयोजित पार्टीमा बलिउड अर्का दुई खान सलमान खान र आमिर खान पनि उपस्थित हुने चर्चा छ । यदि त्यसो भएमा बि-टाउनकै ठुलो पार्टी हुनेछ । किनकी यी तिन खान कमै समयमा मात्र एकसाथ देखिन्छन् । तिन सन्तानका पिता शाहरुखले गय राति नै आफ्नो परिवारसँग केक काटिसकेका छन् । साथै उनले रातको १२ बजेपछी आफ्नो बाल्कोनीमा आएर फ्यानलाई धन्यवाद समेत दिईसकेका छन् । यिनै शाहरुखको केहि चर्चा हामी गर्दैछौ ।

शाहरुखको रेकर्ड : रोमान्स किङ्गको उपनाम समेत पाएका शाहरुखले सन् १९९२ मा अभिनय गरेको फिल्म ‘दिवाना’ सफल रह्यो । फिल्मको गीतसंगीतले दर्शकको मन जित्यो साथै फिल्मलाई पनि रुचाईयो । त्यसपछी उनले चमत्कार , दिल आस्ना है , राजु बन गया जेन्टलम्यान , माया ममशाब , पहला नशा , किङ्ग अंकल लगायतका फिल्ममा अभिनय गरे तर डेब्यु झैँ चर्चा हुन् सकेन ।

तर सन् १९९३ मा रिलिज भएको फिल्म बाजिगर र डरले उनलाई दर्शक माझ चर्चामा ल्यायो । त्यसपछी सन् १९९५ मा आएको फिल्म ‘दिल वाले दुल्हनियाले जाएंगे’ ले उनलाई स्थापित नै बनायो । झन्डै १० बढी फिल्म खेलिसकेका शाहरुखले त्यसपछी सफलताको सिढी होइन , लिफ्ट नै चढे । यसै फिल्मबाट उनलाई किङ्ग अफ रोमान्स पनि भन्न थालियो । काजोलसँगको उनको केमेष्ट्री पनि गज्जब देखियो । निकै लामो समयसम्म चल्ने फिल्मको रेकर्ड पनि यसले बनाएको छ । मुम्बईको मराठा थिएटरमा यो फिल्म गत २२ वर्ष देखि प्रदर्शन भईरहेको छ ।

शाहरुखकै होम प्रोडक्सनमा निर्माण भएको फिल्म ‘ह्याप्पी न्यु ईयर’ फस्ट डे कलेक्सनको रेकर्ड नै बनाएको छ । जसलाई अझै कुनै फिल्मले तोड्न सकेको छैन । फिल्मले रिलिजको दिन ४४ करोड ९७ लाखको रेकर्ड बक्स अफिसमा बनाएको थियो । जसलाई अझैसम्म कुनै फिल्मले तोडन सकेको छैन । फराह खानको निर्देशनमा तयार भएको फिल्ममा शाहरुख र दीपिका मुख्य भूमिकामा थिए ।

फ्यानलाई जिरो ट्रेलर : शाहरुखले यस जन्मोत्सवमा फ्यानलाई जिरो ट्रेलर उपहार दिदैछन् । उनले केहि फिल्म मेकर र सिनियर जर्नालिस्टलाई ट्रेलर हेराइसकेका छन् । जसले समाजिक सञ्जालमा निकै प्रसंसा गरेर ट्रेलरको रिभ्यु गरेका छन् । यसैले गर्दा पनि जिरोलाई लिएर फ्यान निकै उत्साहित छन् । शाहरुखले फिल्म निर्देशनको जिम्मा आनन्द एल रायलाई दिएका छन् जसले रांझाना र तनु वेड्स मनु सिरिजलाई निर्देशन गरिसकेका छन् । फिल्ममा शाहरुखसँगै जब तक है जान जोडी अनुष्का शर्मा र कट्रिना कैफ पनि छन् । यसैले गर्दा पनि फिल्मको चर्चा बढ्दो छ ।

कमेन्ट गर्नुहोस्