टिभीमा करीनाको डेब्यु ?

0 Shares

फिल्म । बलिउडकी जिरो फिगर भनेर चर्चामा आउने करीना कपूर खानलाई अब सानो पर्दामा पनि देख्न पाइनेछ । ठुलो पर्दामा सफल एक्ट्रेस करीनाले टिभी शो मा आफुलाई प्रस्तुत गर्नेछिन् । उनि जी टिभीबाट प्रसारण हुने रियालिटी शो ‘डान्स इण्डिया डान्स’ मा जज बन्न सक्ने सम्भावना छ । करीनासँग टिभी टिमले मिटिंग समेत गरिसकेको छ । अहिलेसम्म बलिउडकि बेबोले सानो पर्दामा आफुलाई प्रस्तुत गरेकी छैनन् । पछिल्लो समय अभिनेता सैफअलि खानसँग विवाह बन्धनमा बढीएपछी उनि फिल्ममा त्यति सक्रिय छैनन् ।

आफ्नो छोरा तैमुरको हेरचाह गर्नु पर्ने भएकोले पनि उनले केहि समय ठुलो पर्दा भन्दा पनि सानो पर्दामै काम गर्ने सोच बनाएकी छिन । शो मा करीनासँगै कोरियोग्राफर बोस्को र र्यापर रफ्तार पनि देखिनेछन् । उनले गुड न्युज फिल्ममा अक्षयको जोडी बनेर काम गरिसकेकी छिन् भने छिटै नै इरफान खानसँग फिल्म ‘अंग्रेजी मिडियम’ मा काम गर्नेछिन् । त्यसो त उनको पाइपलाइनमा करण जोहरको फिल्म ‘तख्त’ पनि रहेको छ । तैमुर हुर्किंदासम्म उनि कम फिल्म गर्ने तर दर्शकको मानसपटलमा बस्ने किसिमको कथालाई छान्दैछिन् ।

Facebook Comments