‘घर’मा बेनिशा पनि

फिल्म । केहि दिन अगाडी मात्र फिल्म ‘घर’ मा सुरक्षा पन्त भित्रिएकी हुन् । उनि भित्रिएको साता नबित्दै फिल्ममा बेनिशा हमाल पनि भित्रिएकी छिन । दुइ नायिका रहने बताइएको फिल्ममा सुरक्षा र बेनिशा पक्का भएको निर्माण टिमले सोसल मिडिया मार्फत जनाएका छन् । हरर जनरामा बन्ने फिल्मलाई अर्पण थापाले निर्देशन गर्दैछन् ।

उनको निर्देशनमा पछिल्लो समय हरर जनराकै फिल्म ‘सुनकेसरी’ आएको थियो । फिल्ममा निर्देशक अर्पण स्वयं प्रमुख भूमिकामा देखिँदैछन् । सुनकेसरी अगाडी आधा लभ र मुखौटाको निर्देशन गरिसकेका अर्पणले आफुलाई स्टोरी टेलर भन्न रुचाउछन । यस फिल्मलाई डीएस डिजिटलको ब्यानरमा शर्मिला पाण्डेले निर्माण गर्दैछिन् । उनलाई लगानीमा सन्तोष अधिकारीले सहयोग गर्दैछन् । फिल्मको छायांकन माघको दोस्रो साताबाट सुरु हुँदैछ ।

कमेन्ट गर्नुहोस्