‘कर्मा’को मुहुर्तसँगै छायांकन सुरू

फिल्म । सौरभ चौधरीको निर्देशनमा तयार हुन लागेको फिल्म ‘कर्मा’को शुभ-मुहुर्तसँगै छायांकन सुरू गरिएको छ । निर्देशक चौधरीले आफ्नो आगामी एक्सन यसको छायांकन शुक्रबारदेखि दाङको घोराहीबाट सुरु गरेका हुन् । ४० दिन दाङ र ६ दिन रुकुममा छायांकन हुने फिल्ममा विपिन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल र दिव्यदेवको लगायतका कलाकार छन् ।

यसमा उपासना अभिनेता कार्कीको जोडीको रूपमा देखिनेछिन् भने मुकुन नेगेटिभ क्यारेक्टरमा देखिने भएका छन् । विपिन र उपासनाले पहिलो पटक सहकार्य गर्न लागेका हुन् । एक्सन ड्रामा जनरामा निर्माण हुने यसको कथा निर्देशक चौधरी स्वयंले लेखेका छन् । यसअघि निर्देशक चौधरीले यसअघि ‘अगस्त्यः च्याप्टर १’को निर्देशन गरेका थिए । ‘कर्मा’ उनको तेस्रो निर्देशकीय फिचर सिनेमा हो । निर्देशक चौधरीलाई ‘अगस्त्य: च्याप्टर–१’बाट दर्शकहरू र समीक्षकहरूको राम्रो प्रतिक्रिया प्राप्त भएको थियो, जसले गर्दा ‘कर्मा’प्रति पनि उच्च अपेक्षा गरिएको छ ।

आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा बसन्त लम्सालको लगानी रहनेछ । छायाकंन सुरु हुनु अगावै अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री गर्न सफल भएको ‘कर्मा’ नयाँ वर्षको छेको पारेर आगामी चैत्रको २९ गते प्रदर्शनमा आउने घोषणा गरिएको छ ।

कमेन्ट गर्नुहोस्