‘सुर्य इन्टरनेशनल अवार्ड २०१९’ को टप तिन सार्वजनिक

फिल्म । पछिल्लो समय नेपाली फिल्मको राम्रो गन्तव्य बन्ने गरेको जापानको टोक्योमा ‘सूर्य इन्टरनेशनल अवार्ड २०१८’ सम्पन्न गरिसकेपछि यतिबेला दोस्रो शृंखलाको टप ३ सार्वजनिक गरिएको छ । राजधानी स्थित एपीएफको मुख्यालय हलचोकको हलमा सार्वजनिक गरिएको टप ३ समारोहमा एपीएफ प्रमुख शैलेन्द्र खनाल , चलचित्र विकास बोर्ड अध्यक्ष केशव भट्टराई , निर्माता संघका वरिष्ठ उपाध्यक्ष माधव वाग्ले , कलाकार प्रशान्त ताम्राकार , श्वेता खड्का , भुवन केसी , किरण केसी , सरिता लामिछाने , निर्देशक ऋषि लामिछाने , निर्देशक दीपेन्द्र लामा लगायतको उपस्थिति रहेको थियो ।

टप ३ लाई प्रमाण पत्र वितरण समारोहमा बोल्दै शैलेन्द्र खनालले नेपाली फिल्मको टेवामा यस्ता कार्यक्रमले सहयोग गर्ने बताए । ‘अवार्ड मार्फत थोरै भएपनि नेपाली फिल्मलाई टेवा पुगोस भन्ने उदेश्यका साथ् यसको सुरुवात गरेको हुँ’ बासुदेवले भने ‘यसपटक हामी स्थानीय सरोकारवालासंग अन्तरक्रिया पनि गर्दैछौ नेपाली फिल्मकर्मीको साथमा । यसले नेपाल सरकारको नेपाल भिजिट २०२० लाई पनि सहयोग पुग्छ भन्ने विश्वाश छ ।’ फिल्म र म्युजिक विधामा रहेर अवार्ड आयोजना गरिने र अघिल्लो वर्ष भन्दा झनै भव्य बनाउने उनले बताए । कार्यक्रममा आउँदो नोभेम्बर २४ मा टोकियोमा हुने जानकारी गराइयो । यसपटक ६ फिल्म र ६ संगीतका विधालाई समेटिएको छ । नोमिनेशनलाई परेकालाई आयोजककै व्यस्थापनमा टोकियो लगिने कार्यक्रममा जानकारी गराइयो ।

अवार्ड अगाडी जापानमा साताव्यापी रुपमा विभिन्न कार्यक्रमको आयोजना गरिने छ । जसमा स्थानीय मिडियाकर्मीसंगको भेटघाट , फिल्म र पर्यटन सम्बन्धि अन्तरक्रियात्मक कार्यक्रमहरु रहनेछन् । नेपाली फिल्मीक्षेत्रलाई नै फाइदा पुर्याउने उदेश्यले अवार्ड आयोजना गर्न लगिएको हो । पन्ध्र सय सिट क्षमता रहेको नाकानो जिरो हलमा हुने अवार्डमा नेपालबाट ५० बढी सेलिब्रेटी तथा मिडियाकर्मी सहभागी हुनेछन् । अवार्ड समारोहमा दुइ दशक लामो फिल्मी यात्रा तय गरेका फिल्मकर्मी नीर शाहलाई लाइफटाइम एचिभमेन्ट अवार्ड , एक दशकलामो फिल्मी यात्रा तय गरेका फिल्मकर्मीलाई फिल्मकर्मी सम्मान , एक पत्रकारलाई फिल्म पत्रकारिता सम्मान पनि प्रदान गरिनेछ ।

दर्ता आव्हान गरिएको मितीसम्ममा दर्ता भएका फिल्म मध्येबाट टप ३ लाई छनौट समितिले पपुलरको आधारमा सार्वजनिक गरेको हो । अवार्ड समारोहमा क्रिटिक्सको नजरमा उत्कृष्ट भएका निर्देशक , अभिनेता र अभिनेत्रीलाई पनि अवार्ड प्रदान गरिनेछ । कार्यक्रमको अफिसियल एमसीको रुपमा नरेश भट्टराई रहेका छन् ।

तस्वीरहरु : आर्यन बिमली

फिल्म विधा १ फिल्म प्रसाद – सुभाष थापा फिल्म प्रोडक्सन छक्का पञ्जा – आमा सरस्वति मुभिज ए मेरो हजुर ३ – सुहाना इन्टरटेनमेन्ट

२ निर्देशक मिलन चाम्स – बोबी झरना थापा – ए मेरो हजुर ३ दीपा श्री निरौला – छक्का पञ्जा ३

३ अभिनेता बिपिन कार्की – प्रसाद अनमोल केसी – क्याप्टेन प्रदीप खड्का – लभ स्टेसन

४ अभिनेत्री नम्रता श्रेष्ठ – प्रसाद साम्राज्ञी आरएल शाह – काइरा पुजा शर्मा – रामकहानी

५ सह अभिनेता केदार घिमिरे – छक्का पञ्जा ३ सलोन बस्नेत – यात्रा बुद्धि तामाङ्ग – जय भोले

६ सह अभिनेत्री बर्षा राउत – गोपी सन्ध्या केसी – पण्डित बाजेको लौरी नीरुता सिंह – नाई नभन्नु ल ५

म्युजिक

१ पप गायक कमल खत्री – तिम्रो मायाले संजिव पराजुली – कर्के नजर दीपक बज्राचार्य – मन मगन

२ पप गायिका १ टिका प्रसाई – कर्के नजर २ इन्दिरा जोशी – रेलिमाई ३ त्रिशाला गुरुङ – यो मन

३ आधुनिक गायक हेमन्त शर्मा – बरिखा युवराज चौलागाई – लट्टर पट्टर राजेश पायल राइ – दर्शन नमस्ते ४

४ आधुनिक गायिका मेलिना राइ – पिरिम नलाउने अन्जु पन्त – नरुनु है प्रविशा अधिकारी – तिमि बिना

५ लोक गायक १ कुलेन्द्र बिक – सालको पात २ खुमन अधिकारी – १४ अञ्चल ससुराल ३ पशुपति शर्मा – गाह्रो हुन्छ फेरी

६ लोक गायिका १ सम्झना लामिछाने मगर – आउँन माया नाचिदेउ २ मन्जु पौडेल – गाह्रो हुन्छ फेरी ३ बिष्णु माझी – सालको पात

कमेन्ट गर्नुहोस्