चैत्रको दोस्रो साता ‘कागजपत्र’

फिल्म । फिल्म ‘कागजपत्र’ चैत्रको दोस्रो सातामा रिलिज हुने भएको छ । निर्माण पक्षको अनुसार फिल्म चैत्र ८ मा रिलिज हुने पक्का भएको हो । यसअघि विभिन्न डेटमा फिल्म आउने चर्चा चलेतापनि विविध कारणले रिलिज हुनसकेको थिएन । तर निर्माण पक्षले नयाँ पोस्टर सार्वजानिक गर्दै फिल्मको डेट खुलाएको छ । फिल्ममा नाजिर हुसेन, शिल्पा मास्के , भोलाराज सापकोटा, सरिता गिरी, लोकेन्द्र लेखक लगायतको अभिनय रहेको छ । इपी एजुकेशन अष्ट्रेलियाको प्रस्तुतीमा तयार भएको फिल्म वल्र्डवाइड फिल्मस् र अस सिनेमाको संयूक्त व्यानरमा निर्माण भएको हो ।

यस सोसल कमेडी ड्रामालाई अपिल बिष्टले निर्देशन गरेका छन् । यसअघि झुम्की निर्देशन गरेका अपिलले फिल्मको काम अन्तिम चरणमा पुगेको बताएका छन् । यसमा निर्माताको रुपमा खिलेन्द्र तिमल्सिना, मुकेश रेग्मी र प्रजापती सिवाकोटी रहेकाछन् । साथै, किरण न्यौपाने र सरस्वती श्रेष्ठ सह-निर्माताको रुपमा रहेका छन् । फिल्ममा बसन्त सापकोटा र संगीत सापकोटाको संगीत छ भने निमेष श्रेष्ठको सम्पादन रहेको छ । फिल्मलाई अस्ट्रेलियन सिनेमाटोग्राफर क्यस्मिर डिक्सनले खिचेका हुन् ।

कमेन्ट गर्नुहोस्