निर्देशक बन्ने इच्छा

फिल्म ।’ड्रिम्स’ फिल्म मार्फत उदाएकी अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह पछिल्लो समय खोजिने अभिनेत्रीमा पर्छिन् । युवापुस्ता माँझ राम्रो क्रेज बटुलेकी साम्राज्ञी बाल्यकाल देखि नै फिल्ममा देखिएका क्यारेक्टरको नक्कल गर्ने गर्थिन् । उनलाई फिल्ममा अभिनय गर्ने सोच नभएता पनि अभिनय गर्न मन पर्थ्यो । त्यसैले उनले कयौंपटक एक्लै हुँदा क्यारेक्टरमा बाच्ने प्रयास गरेकी छिन् ।

‘म एक्लै हुँदा अभिनय गर्थे । त्यो देखेर घरमा अरुले यो किन बर्बराएको भनेर भन्नु हुन्थ्यो’ साम्राज्ञीले भनिन् । मोडलिङ हुँदै फिल्ममा आएकी साम्राज्ञीलाई डेब्यु फिल्म अगाडी नेपाली फिल्मको बारेमा खासै जानकारी थिएन् ।

फाट्टफुट्ट मोडलिङ गरिरहेकी साम्राज्ञीले ‘ड्रिम्स’ मार्फत फिल्मनगरीममा पाइला टेकिन । ‘पहिलो फिल्म मैले यसै गरे धेरै सोचेकी थिइन् । मलाइ फोन मार्फत भुवन केसीले अफर गर्नु भयो , मैले ओके भने’ उनले भनिन् । यद्दपी हिजो आज भने आफुले निकै सोच्ने गरेको उनले बताइन । उनलाई निर्देशनमा निकै रुची छ । भविष्यमा निर्देशक बन्न सक्ने सम्भावनालाई उनले नकार्दिनन् । ‘म भविष्यमा निर्देशक बन्न सक्छु किनकी मलाइ निकै रुची छ’ साम्राज्ञीले भनिन् । त्यसो त उनलाई घुमघाममा पनि उत्तिकै रुची छ । ‘फिल्म नआएको भए म फुड भ्ल्गर बन्थे होला’ साम्राज्ञी आफ्नो सम्भावनालाई जनाइन् ।

कमेन्ट गर्नुहोस्