फिल्म । दशक अगाडी ‘एक्सन स्टार’ को ट्याग पाएका विराज भट्टको डेब्यू निर्देशनमा बनेको फिल्म ‘साङ्लो’ को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरलाई विराजले मसलेदार बनाएका छन् । एक्सनमय ट्रेलरबाट विराजले आफ्नो क्रेज फर्काउने कोसिस गरेका छन् ।
‘चरीले काफल’ बोलको पहिलो सार्वजनिक गीत मार्फत दर्शकको विश्वास जितेका विराजले ट्रेलर पनि दर्शकले मन पराउनेमा आफु विश्वस्त रहेको बताए । ‘साङ्लो’ मा विराजसँगै निकिता चण्डक कामेश्वर चौरासिया, जयनन्द लामा, आर.पि. पन्त, लय संग्रौला, शिशिर भण्डारीलगायतका कलाकारहरुको पनि अभिनय छ । माघ २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको एक्सन जनराको यो फिल्मको कथा शिवम अधिकारीले लेखेका हुन् । फिल्ममा श्री श्रेष्ठको द्वन्द्व र अर्जुन जिसीको सम्पादन छ । मानकृष्ण महर्जनको छायांकन रहेको फिल्ममा प्रकाश शाह नेगेटिभ रोलमा छन् । मानकृष्ण महर्जन छायाँकार रहेको छ ।












