‘नेपाल लोकस्टार’ फाइनलमा

35 Shares

संगीत । एपीवान टेलिभिजनबाट प्रसारण भइरहेको गायन रियालिटी सो ‘नेपाल लोकस्टार’ फाइनल चरणमा प्रवेश गरेको छ। प्रदेशस्तरीय अडिसनदेखि मेगा अडिसन हुँदै उत्कृष्ट पाँचसम्म प्रतियोगिता मध्ये चार जना सहभागी फाइनलमा प्रवेश गरेका छन् । ‘नेपाली लोकपप’ शैलीका गीत प्रस्तुत गरिएको सो एपिसोडबाट सनी विश्वकर्मा, चेतन गोतामे, विनोद दनुवार र रामकुमार नेपालीले फाइनलमा स्थान पाएका छन्।

लोकस्टारमा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः ५० लाख, २५ लाख र १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । गत शनिवार दिउँसो १२ बजेदेखि सुरु भएको फाइलनको भोटिङ आगामी कात्तिक ८ गते दिउँसो १२ बजेसम्म चल्नेछ । कार्यक्रमलाई लोकप्रिय सञ्चारकर्मी नरेश भट्टराई र सुगारिका केसीले संचालन गर्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्