‘सिम्पल गर्ल’

7 Shares

फिल्म । आउँदो शुक्रबारबाट फिल्म ‘माछा माछा’ प्रदर्शनमा आउदैछ । फिल्ममा तीन बेरोजगार युवाले पैसा कमाउन गर्ने दौडधुपमा देखाइएको छ । फिल्ममा फिमेल एक्ट्रेस छिन् , नम्रता श्रेष्ठ । फिल्म ‘गाठो’ बाट उदाएकी नम्रता जुनियर हुन् । संख्याको हिसाबमा केहि फिल्ममा अभिनय गरेपनि उनको सम्झिने फिल्म भने कमै छन् । यिनै नम्रता यतिबेला फिल्म ‘माछा माछा’ मा सौगात मल्लको को-स्टार बनेर आउदैछिन् । ‘फिल्ममा म सिम्पल केटीको भूमिकामा छु’ नम्रताले भनिन् ।

फिल्ममा तिन युवाको कथा देखाइएकोले आफुले यात्रामा साथ मात्र दिने बताइन । ‘मैले सौगात दैअको को-स्टार हुँदा गर्नु पर्ने काम गरेकी छु’ उनले भनिन् । अभिनयका हस्तीसँग स्क्रिन शेयर गर्दा दर्शकको चाहना मिड गर्नु पर्ने च्यालेन्ज रहेको उनले सुनाइन । फिल्ममा सौगात र नम्रतासँगै विजय बराल, अनोज पाण्डे, माओत्से गुरुङ, नम्रता श्रेष्ठ, सरिता गिरी, भोलाराज सापकोटा, कमलमणी नेपाललगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्मका लेखक तथा निर्देशक सुनिल गुरुङ हुन् ।

उनको यो डेब्यू निर्देशित फिल्म हो । फिल्मलाई रामबाबु गुरुङ र दयाहाङ राईले निर्माण गरेका हुन् भने , यसलाई शिवराम श्रेष्ठले फिल्म खिचेका हुन् । सिनेमा आर्ट र नौमती इन्टरटेनमेन्टको व्यानरमा निर्मित ‘माछा माछा’ को सह-निर्मातामा ओमचन्द्र रौनियार र अर्जुन कार्की छन् । फिल्ममा अनुपम शर्माको संगीत, निमेष श्रेष्ठको सम्पादन र प्रविन सिंहको कोरियोग्राफी छ । फिल्ममा दयाहाङ अतिथी भूमिकामा छन् ।

कमेन्ट गर्नुहोस्