‘कङ्गारु’मा भित्रिए अर्पण

फिल्म । साम्राट बस्नेतको निर्देशनमा तयार हुने नयाँ फिल्म ‘कङ्गारु’मा कलाकारमा अर्पण थापा अनुबन्धित भएका छन् । राजिभ गुरुङ अर्थात् ‘दीपक मनाङ्गे’को प्रस्तुतिमा तयार हुन लागेको यो फिल्ममा अर्पण अगाडि केदार घिमिरे ‘माग्ने बुढा’ अनुबन्धित भएका थिए । सस्पेन्स, थ्रीलर र कमेडी जनरामा निर्माण गर्न लागिएको फिल्म फुलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एन्ड फिल्म, आस्याप इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण हुन लागेको हो । फिल्ममा प्रेम थापा, धन बहादुर गुरुङ र लक्ष्मी राई निर्माताको रुपमा छन् ।

फिल्मको सह–निर्मातामा रोनिश बहादुर बस्नेत छन् । टीका भण्डारी र सन्तोष अधिकारी(अष्ट्रेलीया) कार्यकारी निर्माता रहेको फिल्मको लाइन प्रोड्यूसरमा आस्याप इन्टरटेन्मेन्ट(अष्ट्रेलीया) रहेको छ । फिल्ममा सीमा गुरुङको कथा, महेश दवाडीको पटकथा छ । फिल्म निर्माणमा लक्ष्मी ज्वेलर्स यूकेले पनि सहकार्य गरेको छ । फिल्मका प्रोडक्सन डिजाइनर दिलीप पन्त छन् ।

कमेन्ट गर्नुहोस्