फिल्म । यस वर्षको प्रतिक्षीत फिल्ममध्ये एक ‘छ माया छपक्कै’ हो । शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यो फिल्मलाई लिएर फिल्मकर्मी मात्र होइन , हल संचालक पनि उत्तिकै आश्वादी छन् । फिल्मको बुकिङ्ग यतिबेला मल्टिप्लेक्समा खुसिसकेको छ । क्युएफएक्सले काठमाडौंको पाँच स्टेशनमा फिल्मलाई २२ शो दिइएको छ । बुकिङ खुलेसँगै दर्शकले आफ्नो सिट ‘रिजर्भ’ गर्न थालिसकेका छन् । क्युएफएक्स अन्तर्गत लबिम मलमा ४ शो , सिभिल मलमा ५ शो , ठमेलमा रहेको छायाँ सेन्टरमा ३ शो , कुमारीमा ४ शो र जयनेपालमा ५ दिएको छ ।
यसैगरी क्युएफएक्सकै नेपालगंजमा रहेको बागेश्वरी सिनेमामा यसलाई ५ शो दिइएको छ भने क्युएफएक्सकै पोखरामा रहेको सिनेप्लेक्समा ५ र नारायणघाटमा रहेको जालमामा ५ दिएको छ । यसैगरी विर्तामोडको वान स्टप सिनेमाजमा पनि यसले ५ शो पाएको छ । राजधानीमा रहेको मल्टिप्लेक्सहरुमा कमलपोखरी स्थित सिटी सेन्टरमा रहेको बिग मुभिजले न्युज तयार पार्दासम्म शो पब्लिस गरेको छैन भने , दरबारमार्ग स्थित राइजिङ मलमा रहेको क्युज सिनेमाजमा ६ शो , गोंगबुमा रहेको बिएसआर मुभिजमा ५ शो , सुन्धारा स्थित सिटिसी मलमा रहेको सिने डी सेफमा ५ शो र चाबहिलमा रहेको केएलटावरमा अवस्थित एफक्युबमा ६ शो रहेको छ ।
दीपक र दीपा समुहको ‘छक्का पञ्जा’ को तुलनामा यसले झन्डै ५५% शो मात्र पाएको छ । तर , बुकिङ्ग र यसले गर्ने व्यापारले हलमा शो बढ्ने अनुमान लगाइएको छ । आमा सुरस्वती मुभिजले रोहित अधिकारी फिल्मस् र आईएमईसँग सहकार्य गरेर निर्माण गरेको फिल्म ‘छ माया छपक्कै’ मा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी , सुपुष्पा भट्ट लगायतको अभिनय रहेको छ । उमेर अन्तरालको प्रेम कथामा आधारित भएर निर्माण भएको फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् ।
हरि हुमागाइँको छायांंकन, रोशन श्रेष्ठको द्वन्द्व, दीपक शर्माको संगीत, कविराज गहतराजको कोरियोग्राफी र विपिन मल्लको सम्पादन रहेको फिल्मको कथा निर्देशक लामाको हो । उनको कथालाई कलाकार दीपकराजले पटकथामा ढालेका हुन् । उनलाई संवादमा भने केदार, जितु र अभिमन्यू निरबीले सघाएका छन् । जितु र केदार फिल्मका कार्यकारी निर्माता हुन् ।निर्देशक लामालाई निर्देशनमा निर्देशक दीपाश्री निरौलाले सघाएकी छन् । यसका निर्माता रोहित अधिकारी हुन् ।










