सकियो ‘हाउसफुल ४’ को राजिस्थान सेड्युल

जयहोस् । बलिउडको हिट सिरिज मध्यको एक ‘हाउसफुल’को नयाँ सिरिजको राजिस्थान सेड्युल पुरा भएको छ । फिल्मको सेड्युल पुरा भएपछी युनिटको तस्वीर सार्वजनिक भएको छ । कमेडी सिरिजको दर्शकको मन जित्दै आएको यसलाई साजिद खानले निर्देशन गरिरहेका छन् । यसमा अक्षय कुमार , रितेश देशमुख , जोनी लिभर , वुमन इरानी , चंकी पाण्डे लगायत छन् भने नयाँ सदस्यको रुपमा बबी देओल , कृति सानोन , पुजा हेग्डे , कृति खरबांडा , नाना पाटेकर देखिनेछन । हाउसफुलको पहिलो सिरिज सन् २०१० मा आएको थियो , जसलाई दर्शकले रुचाए । त्यसपछि सन् २०१२ मा हाउसफुल २ र सन् २०१६ मा हाउसफुल ३ रिलिज भईसकेको छ । यसको चौथो सेरिजलाई दर्शकले २५ अक्टुबर २०१९ मा हेर्नपाउनेछन् ।
कमेन्ट गर्नुहोस्